onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

वेस्ट ईन्डिजबिरुद्द्को पहिलो टि – ट्वान्टी खेलमा भारत विजयी

साउन १८ , अनलाइन खेलखबर || वेस्ट ईन्डिजको भ्रमणमा रहेको भारतीय क्रीकेट टिमले आफ्नो पहिलो टि- ट्वान्टी खेलमा वेस्ट ईन्डिजमाथी ४ विकेटले जित हासिल गरेको छ ।

खेलमा वेस्ट ईन्डिजले प्रस्तुत गरेको ९६ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको भारतले १७.२ ओभरमा ६ विकेट गुमाएर उक्त लक्ष्य भेटायो ।

निकै झिनो लक्ष्य पछ्याएको भारतले पहिलो बिकेटको रुपमा शिखर धवनलाई मात्र १ रनमा गुमाएको थियो । १.६ ओभरमा टिमको स्कोर ४ रन हुंदा शिखर एलबिडब्लुको सिकार हुँन पुगेका थिए ।

यसपछि रोहित शर्माले २४ रनको योगदान गर्दा ॠशभ पन्तले भने निराशाजनक प्रदर्शन गरे ।उनले खाता खोल्न समेत सकेनन् ।

यस्तै भारतका कप्तान बिराट कोहलीले र मनिश पान्डेयले समान १९/१९ रनको योगदान गरे ।

यस्तै कुर्नाल पाण्डेयले १२ तथा रबिन्द्र जडेजाले अबिजित रह्दै १० रन बनाएपछी वेस्ट ईन्डिज बिरुद्दको पहिलो टि – ट्वान्टी खेलमै भारतले सफलता हात पारेको हो ।

बलिङतर्फ वेस्ट ईन्डिजका शुनिल नारायण , शेल्डन कॉटरेल र केमो पॉलले समान ३/३ विकेट लिन सफल भए ।

त्यसअघि फ्लोरिडामा भएको खेलमा भारतले टस जितेर वेस्ट ईण्डिजलाई पहिले ब्याटिङको निम्तो दिएको थियो ।

जसअनुसार वेस्ट ईण्डिजले निर्धारित २० ओभर पुरै खेल्दै ९ विकेटको क्षतिमा मात्र ९५ रन बनाएको थियो ।

ईनिङको पहिलो बलमा गोल्डेन डकआउटको रुपमा पभेलियनको रुपमा जोन कैंपबेललाई गुमाएको वेस्ट ईण्डिजले यसपछी ३३ रन जोड्दा थप ४ विकेट गुमाएको थियो ।

निकै खराब सुरुवात गरेको वेस्ट ईण्डिजका लागि टिमको स्कोर ८ रन हुँदा अर्का महत्वपूर्ण खेलाडी एविन लुईसलाई सुन्य रनमा गुमाएपछी टिम थप दबाबमा आएको थियो ।

त्यसपछी पनि वेस्ट ईण्डिजको विकेट पतन हुँने क्रम जारी रहयो । जसमा निकलोस पुरनले २० रन बनाएदै केहि आश देखाएपनि उनि पनि सफल हुन् सकेनन ।

निकलोस आउट भएपछी शिमरोन हेटिमर पनि सुन्य रनमा आउट हुन् पुगे । भने रोवमैन पॉवेलले ४ रन बनाए ।

५ विकेट सस्तैमा गुमाएको टिमलाई उकास्ने क्रममा किरण पोलार्ड र कप्तान कार्लोस ब्रेथवेटले छठौ विकेटका रुपमा ३४ रनको साझेदारी गर्दै लगेका थिए ।

कुर्नाल पाण्डेयको बलमा १४.२ ओभरमा ब्रेथवेट ९ रनमा आउट हुँन पुगेपछी वेस्ट ईण्डिज झन निरिह साबित हुँन पुग्यो ।
किरण पोलार्डले भने ४९ रन बनाए ।

बलिंङतर्फ भारतका नभदिप शैनिले ३ तथा भुवनेश्वर कुमारले २ विकेट हात पारे । यस्तै खलिल अहमद ,कुर्नाल पाण्डे .रबिन्द्र जडेजा र वाशिंगटन सुन्दरले पनि समान १/१ विकेट हात पारे ।

सेप्टेम्बर ३ तारिखसम्मको भ्रमणमा निस्केको भारतले वेस्ट ईन्डिजबिरुद्द ३ टि – ट्वान्टी , ३ एकदिवसिय तथा २ टेस्ट खेल खेल्ने कार्यक्रम रहेको छ ।

यस्तै दोस्रो टि – ट्वान्टी खेल आईतवार हुँदैछ । खेल नेपाली समय अनुसार राती सवा ८ बजेपछी फ्लोरिडामा नै हुँनेछ ।

प्रतिक्रिया दिनुहोस्