onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

गण्डकी प्रादेशिक क्रीकेटको नयाँ कार्यसमिति चयन : अध्यक्षमा प्रजु र सचिवमा कार्की निवार्चित

साउन १७ , अनलाइन खेलखबर || निलम्बन फुकुवाको प्रक्रियामा रहेको नेपाल क्रीकेट संघको तेस्रो संसोधित विधान २०७४ अनुसार अन्तर्राष्ट्रिय क्रीकेट परिषद् ( आईसीसी ) को स्वतन्त्र टोली मनिटरिङ समितिको प्रस्तावना अनुसार गण्डकी प्रादेशिक क्रिकेट संघको नयाँ कार्यसमिति चयन भएको छ ।

शुक्रबार कास्की जिल्लास्थित पोखरामा सम्पन्न साधारणसभाले देवेन्द्र प्रजुको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिती सर्वसम्मतले चयन गतिएको छ ।

नयाँ कार्यसमिति अनुसार संघको उपाध्यक्षमा दिपक पोख्रेल चुनिएका छ्न । भने सचिवमा सुमन राज कार्की र कोषाध्यक्षमा प्रकाश पौडेल रहेका छ्न ।

यस्तै संघको सदस्यमा दिवाकर थापा,अर्जुन कुमार श्रेष्ठ, विमल मान गुभाजु, इन्द्र सिग्देल, ऋषिराम गौतम,सन्जय कान्त सिग्देल,सुमन पण्डित,अतिश कुमार खड्का र अर्जुन कुमार थापा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्