डीएभी स्कुलले उचाल्यो क्यानभास ईण्डोर स्कुल क्रिकेट प्रतियोगीताको उपाधि

डीएभी स्कुलले उचाल्यो क्यानभास ईण्डोर स्कुल क्रिकेट प्रतियोगीताको उपाधि

साउन १६ , अनलाइन खेलखबर ।। काठमाण्डौमा सम्पन्न क्यानभास ईण्डोर स्कुल क्रिकेट प्रतियोगिताको उपाधि डीएभी स्कुलले उचालेको छ ।

आज विहिवार भएको प्रतियोगिताको फाइनल खेलमा बिराट बोर्डिङ्ग स्कुललाई ७६ रनले पराजित गर्दै डिएभी स्कुल च्याम्पियन बनेको हो ।

आज भएको फाईनल खेलमा टस जितेर डीएभी स्कुलले सुरुमा ब्याटिंङ्ग गर्दै निर्धारित १० ओभरमा मात्र १ विकेट गुमाएर १ सय ३२ रनको योगफल खडा गरेको थियो ।

डीएभीका लागि आदित्य रौनियारले सर्बाधिक ८२ रनको योगदान गरेका थिए । अविजित रहेका उनले आक्रमक ब्याटिंङ्ग गर्दै उक्त पारी खेलेका थिए । यस्तै उनलाई सार्थकले २६ रन बनाउदै साथ दिएका थिए ।

बलिङ्गमा बिराटका राकेश चौधरिले १ विकेट हात पारे ।

यसपछि डीएभीले प्रस्तुत गरेको १ सय ३३ रनको विजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिंङ्ग गरेको बिराट ६.४ ओभरमा सबै विकेट गुमाएर ५६ रनमा सिमित हुन् पुगेपछि खेल डिएभिले आफ्नो पक्षमा पार्न सफल भएको थियो ।

प्रतियोगिताको बिजेता डीएभी र उप – बिजेता बिराटले ट्रफीसहित प्रमाणपत्र प्राप्त गरे । उनीहरुलाई नेपाली क्रिकेट टिमका पुर्ब कप्तान तथा हाल यु १९ र महिला टिमका मुख्य प्रशिक्षक बिनोद दासले पुरस्कार प्रदान गरेका थिए ।

यस्तै फाइनल खेलको प्लेयर अफ दि म्याच डीएभीका आदित्य रौनियार घोषित भए । भने प्रतियोगिताको उत्कृष्ट बलर बेबिलोन स्कुलका ईशान्त बिके घोषित भए भने उत्कृष्ट ब्याट्सम्यान ओम नेशनल स्कुलका सार्थक धिताल चुनिए ।

भने प्रतियोगिताको उत्कृष्ट खेलाडी डीएभी स्कुलका रिशम् मान घोषित भए ।

विधागतका उत्कृष्ट खेलाडीहरुले वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमीको तर्फबाट ६ महिने निशुल्क प्रशिक्षण गर्न पाउने छन । प्रतियोगितामा काठमाण्डौमा रहेका कुल १६ टिमको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *