onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पुछार को मुम्बई ले पहिलो स्थान मा रहेको चेन्नई लाई हरायो : जित सगैं मुम्बईको सम्भावना खुल्यो

अनलाईन खेलखबर || ईन्डियन प्रिमियर लिग ( आईपिएल ) अन्तर्गत सनिवार भएको प्रतियोगिता को २७ औं चेन्नैइ सुपर किंग्स र मुम्बई ईन्डियन बिचको खेल मा मुम्बई ८ विकेट ले बिजयी भएको छ ।

१ सय ७० रनको बिजयी लक्ष्य पछ्याएको मुम्बई ईन्डियन ले उक्त लक्ष्य १९ ओवर ४ बल मा मात्र २ विकेट गुमाएर भेटायो । मध्यम लक्ष्य पछ्याएको भए पनि मुम्बई ले उत्कृष्ट ब्याटिङ प्रस्तुत गर्दै अघि बढेको थियो । ओपनरद्रय सुर्यकुमार यादब र ईभिन लेविस ले टिम लाई उत्कृष्ट सुरुवात दिलाएका थिए । पारिको पावर प्ले मा बिना बिकेट ५० रन बनाएको मुम्बई ले पहिलो बिकेट का रुपमा टिमको ६९ रन हुदाँ सुर्य कुमार यादब लाई ९.५ ओवर मा ४४ रन मा गुमाएको थियो उनले ३४ बल को सामना गर्दै उक्त रन बनाएका थिए । यस्तै अर्का ओपनर ईभिन लेविस ले ४३ बल मा २ छ्क्का ३ चौका को मद्धतले ४७ रन प्रहार गरे । यस्तै कप्तान रोहित सर्मा र हार्दिक पान्डेय अबिजित क्रमशः ५६ र १३ रन बनाएका थिए ।

बलिङ मा चेन्नई हरभजन सिह् र डिजे ब्राभो ले १/१ विकेट हात पार्न सफल भए ।

यसअघि महारास्ट क्रीकेट एसोसिएसन स्टेडियम पुणे मा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नई सुपर किग्स ले निर्धारित पुरै २० ओवर खेल्दै ५ विकेट गुमाएर १ सय ६९ बनाएको थियो । ओपनर सेन वाटसन लाई मात्र १२ रन मा सस्तै मा गुमाएको चेन्नई ले यसपछि भने राम्रो लय मा ब्याटिङ गरेको थियो दोस्रो विकेट टिमको स्कोर ९७ हुँदा अंबाति रायुडु लाई गुमाएको थियो । उनले ३५ बल मा ४ छ्क्का २ चौका को मद्धत ले ४६ रनको महत्त्वपूर्ण पारी खेले ,उनि कुर्नाल पान्डेय को बल मा क्याच आउट हुन पुगे । यस्तै चेन्नई लाई सर्बाधिक रन प्रहार गर्ने क्रम मा सुरेश रैना ले अबिजित ७५ रन जोडे भने कप्तान महेन्द्र सिँह धोनी ले २६ रन बनाएका थिए ।

बलिग तर्फ मुम्बई का लागि मिचेल मैग्लेनघन र कुर्नाल पान्डेय ले समान २/२ विकेट लिदाँ हार्दिक पान्डेय ले १ विकेट लिन सफल भए ।

यो जित सगै आईपिएल मा मुम्बइ ७ खेल बाट २ खेल मा जित निकाल्दै ४ अंक सहित अंकतालिका को छठौ स्थान मा उक्लिएको छ । यस्तै चेन्नई सुपर किग्स समान ७ खेल बाट ५ मा जित हासिल गर्दै १० अंक सहित अंक तालिका को शिर्षस्थान मै यथाबत नै रहेको छ ।

अब प्रतियोगिता मा आईतबार दुई खेल हुनेछ्न पहिलो खेल राजस्थान रोयल्स र सनराईजर्स हैदराबाद बिच हुनेछ भने दोस्रो खेल मा रोयल च्यालेन्जर्स बैङ्लोर र कोलकता भिडने छ्न ।।

प्रतिक्रिया दिनुहोस्