onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सम्झछु ,उनको भनाई “मेरो लक्ष्य विश्वकपमा छनोट गराउने छ ”

शलमान शाह ( अनलाइन खेलखबर ) || नेपाली क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक उमेश पटवालले टिमको पदभार ग्रहण गर्ने क्रममा नेपाली संचारकर्मीसँग कुराकानी गर्ने क्रममा ब्यक्त गरेका कुराहरु अहिले पनि मन मतिष्क ताजै रहेको अबस्था छ ।

टिमलाई विगत केहि समय सम्म ब्याटिंग परामर्शदाताका रुपमा हेरिसकेर , नेपाली टिमलाई नजिकबाट नियालेका उनलाई केहि समय अघि मात्र मुख्य प्रशिक्षणको जिम्मा दिइएको थियो ।

क्यान निलम्बन भएको अबस्थामा उनलाई राष्टिय खेलकुद परिषद ( राखेप) को पहलमा अन्तराष्टिय क्रिकेट परिषद ( आईसीसी) ले एक बर्षको लागि नियुक्त गरेको थियो ।

सम्भावना र चुनौतीका साथ् टिमलाई सम्हाल् आएका उमेश पटबालको यात्रामा पहिलो प्रयासमा ब्रेक लागेको छ ।

पदभार ग्रहण गर्ने क्रममा उनले भनेका थिए ” मेरो लक्ष्य नेपाललाई विश्वकप सम्म पुर्याउने छ ” उनले सो कुरा अर्को वर्ष अष्टेलिया विश्वकपलाई केन्द्रित रहेर भनेका थिए ।

लाग्थ्यो उनि आएपछी टिममा अझ ठुलो उर्जा थपिएको छ । तर नतिजालाई पनि ह्रेनै पर्यो । उनको भनाईलाई पहिलो प्रतियोगिताले नै पूरा गर्न दिएँन ।

पूर्व प्रशिक्षक जगत टमटाको मातहतमा रहेर केहि समय टिमसगँ बिताएका उनले पछी उनै टमटालाई विस्तापित गरेर टिममा आएका थिए ।

कतिले सोहि बेला अड्कल काटिसकेका थिए । उनि नेपाली टिमलाई सम्हाल्न योग्यनै छैनन । उनलाई टिमलाई बुझ्न गाह्रो पर्छ । अनुभवीका हिसावले पनि जगत भन्दा उनि कम अनुभवी समेत देखिन्छन ।

भारतीय प्रशिक्षक उमेश एकदिवसीय मान्यता प्राप्त नेपाल जो जगत टमटाको सहि सोच र मेहनतमा टिमले एतिहासिक सफलता प्राप्त गरेको थियो सोहि टिमलाई सम्हाने भाग्यमानिका रुपमा टिममा आएका थिए जुन कुरा यथार्थ हो ।

सो क्रममा जगत टमटाको योगदानलाई नेपाली क्रिकेटले कहिलै भुल्नुहुँदैन र भुल्नेछैन ।

यस्तोमा राम्रो गर्दा गर्दै हामीलाई जगत टमटाको विकल्प किन चाहियो ,यो सोचनिय बिषय पक्कै थियो ।

समय बित्यो , टिमलाई नयाँ उर्जा थप्छु भनेर नयाँ प्रशिक्षण आए आउने बित्तिकै उनलाई फापेन या स्वयंम खेलाडीको प्रदर्शन खस्कियो ।

जसबाट नेपाल ठुलो अवसरबाट चुक्न पुगेको छ । सिगांपुर जानुअघि सम्म नेपाललाई प्रतियोगिताको बलियो र प्रतियोगितामा उत्कृष्ट गर्दै शिर्षस्थानमा रहदै नेपाल विश्वकपको अन्तिम छनोट प्रतियोगिता ग्लोबल क्वालिफायरमा छनोट हुन्छ भनेर धेरैलाई लागेको थियो । तर बिडम्बना त्यो हुँन सकेन ।

चिन्ताको कुरा खेलमा हार जित त स्वाभाविक नै हो तर नेपालको खस्किदो प्रदर्शनको जिम्मा कस्ले लिने प्रशिक्षक र कप्तानले लिनु पर्ने होईन र पक्कै पनि हो ।

जितमा सबै रमाउछन, हार्दा टिम प्रति टिप्पणी सुनिन्छन अझ यो स्तरको हारले त् आलोचना समेत गराउन बाध्य बनाउँछ ।

जसका लागि सभ्य र आधारसहितका कुराहरु भने हुनुपर्छ । यसैबीचमा प्रशिक्षक पटवालको एउटा अर्को कुराले आम क्रिकेट सुभचिन्तकलाई आक्रोशित बनाएको छ ।

उनले विश्वकप एसिया फाइनल छनोट प्रतियोगिता प्रश्चात उनले संचारकर्मीलाई भनेका छन कि ” हामी ग्लोबलमा खेल्न लायक टोली होईनौ , यहिँ सफल हुँन सकेनौ ,त्यसैले गर्दा नपुगेकै ठिक भयो । यो हामीले स्वाकार्नु पर्छ ” उनको यस्तो घारणा रहेको थियो ।

जुन प्रशिक्षण जस्तो पद र टिमको सफलता र असफलतामा ठुलो हात रहने प्रशिक्षणको एउटा गैरजिम्बेबारी अभिव्यक्तिको रुपमा लिन सकिन्छ । उनि असफलतालाई स्वाकर्न नसक्नु उनैका लागि पनि त्यति न्यायोचित भने पक्कै रहदैन ।

यसो भनिरहंदा यिनै पटबाल हुँन , जसले नेपालको सम्भावना र क्षमतालाई नै देखेरनै टिमलाई सम्हालेका हुँन । लाग्छ उनले कुनै स्तर कम भएको तलैबाट बलियो बनाउंन पर्ने टिमलाई सम्हालेका होईनन ।

टिम सन्तुलनमा रहेको टिमलाई सम्हान आएका पटवाल पहिलो प्रयासमा असफल भएका छन । मुख्य प्रशिक्षकका हैसियतले उनले यसबाट नैतिक जिम्बेबारी समेत रहेको छ ।

विश्व क्रिकेटमा यस्ता धेरै प्रशिक्षक रहेका छन जसले आफ्नो बाचा पूरा गर्न नसकेपछि टिमनै छोडेको धेरै ईतिहास रहेको छ । यस्तोमा – यस्तो ठुलो कदम त् उनले पक्कै उठाउने छैनन ।

तर माथिको उनको भनाईमा भने सम्बधित सरोकारवालाले भने स्पष्टीकरण भने लिनुपर्छ भन्ने कुराहरु अहिले क्रिकेट बजारमा सुन्न आएको छ । जुन हुँन पनि पर्छ , किन जिम्बेबारमा रहेका ब्यक्तिबाट यस्तो गैरजिम्बेबारी कुरा बाहिर आयो ।

एकचोटी मुल्यांङकन र टिमको प्रदर्शनको बिषयमा समिक्षा हुँन पर्छ | नेपालको क्षमता हुँदा हुँदै एकाक्सी कसरी चुक्न पुग्यो । ५ टिम सहभागी जनाएको प्रतियोगितामा नेपाल तेस्रो स्थान रहनु त्यो सामान्यकुरा होईन । नेपाल पराजित मात्र भएन क्रिकेटको खस्किदो प्रदर्शन रह्यो ।

अब यी कुरा बितिसक्यो , अँब कसरी जाने एकदिवसीय मान्यतालाई कसरी न्याय गर्ने बिषयमा भने आजैबाट गृहकार्य गर्न जरुरी छ । होईन भने टिम बन्न समय लाग्ला बिग्रन धेरै समय लाग्दैन । यस्तोमा यस प्रतियोगिताको सुष्म समिक्षा गर्दौ नेपाल चुक्नुका कारण माथि नेपालले सुधार गर्दै अबको यात्रा तय गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्