onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

क्यानभास ईन्डोर क्रिकेट प्रतियोगिता : ग्यालेसी र राजन मेमोरियलको दोहोरो जित

साउन १३ , अनलाइन खेलखबर || काठमाण्डौमा जारी क्यानभास ईन्डोर क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो दिनमा पनि ६ खेल समापन भएका छन |

आज सोमबार भएको पहिलो खेलमा ग्यालेक्सीले नोबेल स्कुललाई ७ विकेटले पराजित गरेको छ ।

खेलमा टस जितेर सुरुमा ब्याटिग गरेको नोबेलले निर्धारित १० ओभर पुरै खेल्दै ४ विकेटको क्षतिमा ६० रन बनाएको थियो । नोबेलका लागि सन्दिप पनेरुले सर्बाधिक २१ रनको योगदान गरेका थिए । यस्तै अक्सित कर्णले ११ रन बनाएका थिए ।

बलिङतर्फ ग्यालेक्सीका हिर्तिक गुप्ताले २ तथा हिर्दय गिरीले १ विकेट लिन सफल भएका थिए ।

त्यसपछी नोबेलले प्रस्तुत गरेको ६१ रनको विजयी चुनौतीलाई ग्यालेसिले ६.५ ओभरमा मात्र १ विकेट गुमाएर भेटायो ।

ग्यालेसिलाई महत्वपूर्ण खेलमा जित दिलाउँन हिर्दय गिरीले २७ तथा सरोज शाहले २४ रनको अविजित रहदै योगदान गरेका थिए ।

खेलको प्लेयर अफ द म्याच ग्यालेसीका हिर्दय गिरी घोषित भएका थिए ।

यस्तै आजनै राजन मेमोरियल स्कुल र बिध्या सङखर स्कुल बीच भएको खेलमा राजन मेमोरियल स्कुलले ३० रनले जितहासिल गरेको छ ।

खेलमा टस जितेर सुरुमा ब्याटिङ गरेको राजन मेमोरियलले निर्धारित १० ओभर पुरै खेल्दै मात्र ४ विकेट गुमाएर १ सय १८ रनको बिशाल योगफल खडा गरेको थियो ।

यसपछी जवाफी ब्याटिङ गरेको बिध्या ९.५ ओभरमा अलआउट हुँदै ८८ रनमा सिमित भएपछी नतिजा राजन मेमोरियलले आफ्नो पक्षमा पार्न सफल भयो ।
यस्तै आजनै भएको तेस्रो खेलमा राजश्री गुरुकुलले नोबेल एकेडेमीलाई २० रनले पराजित गरेको थियो । यसपछी अर्को खेल अर्थात् आजको चौथो खेलमा भने राजश्री गुरुकुल ग्यालेसी पब्लिक स्कुलसँग ५८ रनले पराजित हुँन पुगेको थियो ।

यस्तै आजको पाचौं खेलमा सेंट जेवियर्स स्कूलमाथि राजन मेमोरियल स्कुलले ६ विकेटले जित हासिल गरेको छ ।

यता आजको अन्तिम खेलमा भने सेंट जेवियर्स स्कूलले बिध्या सङखर स्कुललाई २८ रनले बिजयी हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्