onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

क्यानभास ईन्डोर स्कुल क्रीकेट प्रतियोगिता : पहिलो दिन , ६ खेल समापन

साउन १२ , अनलाइन खेलखबर || क्यानभास बोर्डिङ हाईस्कुलको आयोजनामा काठमाडौमा जारी क्यानभास ईन्डोर स्कुल क्रीकेट प्रतियोगिता अन्तर्गत पहिलो दिनको खेल समापन भएका छ्न ।

पहिलो दिनको पहिलो खेलमा एपि स्कुलले क्यानभास स्कुललाई ६ विकेटले पराजित गरेको छ ।

नेपाल क्रीकेट स्कुलको खेल मैदान रातोपुलमा जारी प्रतियोगिताको पहिलो खेलमा ट्स हारेर पहिले ब्याटिङ गरेको क्यानभासले निर्धारित १० ओभर पुरै खेल्दै ४५ रन बनाएको थियो ।

क्यानभासका लागि युवराज दाहालले ८ रन तथा कुशलले ६ रनको योगदान गरेका थिए ।

बलिङतर्फ एपिका तेज र सफरले समान २/२ विकेट हात पारे ।

यसपछि क्यानभासले प्रस्तुत गरेको ४६ रनको विजयी चुनौतीलाई एपिले ३.४ ओभरमा मात्र २ विकेट गुमाएर भेटायो ।

एपिलाई प्रतियोगिताको पहिलो खेलमै जित दिलाउँन एतिका साफीले सर्बाधिक १७ रनको योगदान गरेक थिए ।

यस्तै आज आइतबार भएको दोस्रो खेलमा पुष्प सदन स्कुल माथी ओम स्कुलले ७ विकेटले पराजित गर्यो ।

खेलमा ट्स हारेर सुरुमा ब्याटिङ गरेको पुष्प सदनले निर्धारित १० ओभर पुरै खेल्दै ८८ रनको योगफल खडा गरेको थियो ।

पुष्पसदनका लागि आयुषले सर्बाधिक रन बनाउंने क्रममा अबिजित रह्दै २१ रनको योगदान गरेका थिए ।

बलिङतर्फ ओमका निर्मा शर्माले २ ओभर बलिङ गर्दै १० रन खर्चिएर १ विकेट हात पारे ।

यसपछि पुष्पसदनले प्रस्तुत गरेको ८९ रनको विजयी चुनौतीलाई ओम स्कुलले ७.४ ओभरमा मात्र १ विकेट गुमाएर भेटायो ।

ओमलाई जित दिलाँउन सार्थक धिताल एक्लैले ४२ रनको योगदान गरे । अबिजित समेत रहेका उनले २५ बलमा उक्त रन बनाएका थिए ।

यस्तै ओमका आयुशले पनि १८ रनको योगदान गरेका थिए ।

खेलको प्लेयर अफ द म्याच ओमका सार्थक धिताल घोषित भए ।

यस्तै आजको तेस्रो खेल जहाँ क्यानभास स्कुल र नाईन्टिगल स्कुल भिड्नेका थिए । जसमा
नाईन्टिगल स्कुलले क्यानभासलाई ठूलो अन्तरले ठूलो अन्तरले जित हासिल गर्ने क्रममा १०२ रनले जित हासिल गरेको छ ।

ट्स जितेर सुरुमा ब्याटिङ गरेको नाईन्टिगल स्कुलले निर्धारित १० ओभर पुरै ब्याटिङ गर्दै मात्र ३ विकेटको क्षतिमा १ सय २९ रनको विशाल योगफल खडा गरेको थियो ।

नाईन्टिगललाई ठूलो स्कोरतर्फ पुर्याउन आर्यनले सर्बाधिक ४६ रनको योगदान गर्दा अनिशले पनि २९ रनको पारी खेलेका थिए ।

यसपछि ठूलो विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको क्यानभास मात्र २७ रनमा सिमित हुँन पुगेपछी नतिजा नाईन्टिगलले आफ्नो पक्षमा पारेको थियो ।

यस्तै प्रतियोगिताको चौथो खेलमा भने बिराट स्कुलले पुष्प सदन माथी २७ रनले जित हासिल गर्यो ।

खेलमा सुरुमा ट्स जितेर बिराट स्कुलले ब्याटिङ गर्दै निर्धारित १० ओभर पुरै खेल्दै ४ विकेट गुमाएर ८८ रन बनाएको थियो ।

बिराटका लागि सिदार्थले २४ तथा आशिशले १७ रन बनाए ।

यसपछि जवाफी ब्याटिङ गरेको पुष्पसदन ६१ रनमा सिमित हुँन पुगेपछी खेल बिराट स्कुलले आफ्नो पक्षमा पार्न सफल भयो ।

यस्तै आजको पाचौं खेलमा ओम नेशनल बिराट स्कुलसगँ १२ रनले पराजित गर्न सफल भयो ।

खेलमा ट्स जितेर ओमले सुरुमा बिराटलाई ब्याटिङको निम्तो दिएको थियो । जसअनुसार बिराटले पुरै १० ओभर खेल्दै ७० रन बनाएको थियो ।

सिदार्थले बिराटका लागि सर्बाधिक २२ रनको योगदान गरेका थिए ।

यसपछि बिराटले दिएको ७१ रनको बिजयी चुनौतीलाई पछ्याउदै जवाफी ब्याटिङ गरेको ओम ५८ रनमा अलआउट हुन पुगेको थियो ।

यस्तै आजको अन्तिम र रोमान्चक बनेको खेलमा जो सुपर ओभरले खेलको नतिजालाई निर्धारण गरेको थियो ।

जसमा सुपर ओभरमा एपि स्कुलले नाइन्टिगललाई पराजित गरेको छ ।

खेलमा ट्स जितेर पहिले ब्याटिङ गरेको एपिले निर्धारित १० ओभर पुरै ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा ८९ रनको योगफल खडा गरेको थियो ।

यसपछि जवाफी ब्याटिङ गरेको नाईन्टिगल स्कुलले पनि ४ विकेटको क्षतिमा समान ८९ रन बनाएपछी खेल सुपर ओभरमा गएको थियो । जहाँ एपिले बाजि पार्न सफल भयो ।

साउंन १६ गतेसम्म चल्ने प्रतियोगितामा काठमाडौ उपत्यकामा रहेका प्रतिष्ठित स्कुलको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्