onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

टी – ट्वान्टी विश्वकप नेपालले फेरी गुमायो ! सिगांपुर ग्लोबल क्वालिफायरका लागि छनोट

साउन १२ , अनलाइन खेलखबर || सिगांपुरमा सम्पन्न आईसीसी टि-ट्वान्टी विश्वकप एसिया फाइनल छनोट प्रतियोगिताको शिर्षस्थानमा रहँदै घरेलु टिम सिगांपुर ग्लोबल क्वालिफायरका लागि छनोट हुँन सफल भएको छ |

आज आईतबार निर्णायक खेलमा घरेलु टिम नेपाललाई ८२ रनले निराश बनाउदै सिगांपुर छनोट हुँन सफल भएको हो | अपराजित रहेको सिगांपुर यसअघि अंकतालिकामा ५ अंकसहित पहिलो स्थानमा रहेको थियो | भने नेपाल ४ अंकसहित दोस्रो स्थानमा नेपाल रहेको थियो |

यस्तोमा प्रतियोगिताको प्राबधान अनुसार शिर्षस्थानमा रहने एक मात्र टिमले आगामी यात्रा तय गर्ने हुँदा यो अन्तिम खेल निर्णायक रहेको थियो | जसमा सिगांपुरले बाजी मार्दै विश्वकप खेल्ने आफ्नो सपनालाई जिवितै राखेको छ | भने नेपालको दोस्रो पटक विश्वकप खेल्ने सपना फेरी समाप्त भएको छ |

सन् २०१४ मा बंगलादेशमा भएको टि- ट्वान्टी विश्वकपमा पहिलो पटक सहभागी भएको नेपालले यसपछी सन् २०१६ मा भारतमा भएको विश्वकप गुमाएको थियो भने यसपटक पनि नेपाल छनोट हुँन सकेन | नेपालको यात्रा सकिएको छ |

खेलमा सिगांपुरले प्रस्तुत गरेको १ सय ९२ रनको बिशाल लक्ष्य पछ्याँउदै जवाफी ब्याटिङ गरेको नेपाल १५ ओभरमा अलआउट हुदै १ सय ९ रनमा सिमित हुँन पुगेपछि नतिजा सिगांपुरले आफ्नो पक्षमा पार्न सफल भएको हो |

ठुलो लक्ष्यलाई पछ्याएको नेपालले सुरुवात पनि राम्रो गर्ने प्रयास गर्दा गर्दै चुक्न पुगेको थियो | टिमको स्कोर २७ रन हुँदा टिमले कप्तान पारस खडकालाई सस्तैमा गुमायो | चौथो ओभरको पहिलो बलमा आफ्नो विकेट गुमाएका पारसले १० बलको सामना गर्दै १ चौका र १ छक्का सहित १२ रन बनाएका थिए |

पारस पछी अर्का ओपनर तथा टिमका भरपर्दा ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल ३९ रन बनाएर आउट हुँन पुगे । २१ बल सामना गरेका उनले ४ चौका र ३ छक्काको मद्दतमा उक्त रन बनाएका थिए । यसपछी भने नेपालले थप १३ रन जोड्दा महत्वपूर्ण २ विकेट सस्तैमा गुमायो ।

जसमा शरद भेषवाकर ७ रनमा र रोहित कुमार पौडेल ५ रनमा आउट हुँन पुगेपछि नेपालमाथि दबाब उत्पन् भएको थियो । यसपछि पनि खेलाडीको गैरजिम्मेवारी प्रर्दशन कायमनै रह्यो | क्रमश नेपालको विकेट पतन हुने क्रम रोकिएन र नेपालको विश्वकप खेल्ने सपनामा पूर्णविराम लाग्यो |

बलिङतर्फ नेपालको ब्याटिङ धवस्त पार्ने क्रममा सिगापुरका विजय कुमारले सर्बाधिक ४ विकेट हात पारे |

त्यस अघि ईन्डियन एसोसिएसन क्रीकेट मैदानमा भएको खेलमा घरेलु टिम सिगांपुरले ट्स जितेर सुरुमा ब्याटिङ गर्ने निर्णय गर्दै निर्धारित २० ओभर पुरै ब्याटिङ गर्दै ६ विकेट गुमाएर १ सय ९१ रनको बिशाल योगफल खडा गरेको थियो ।

खेलमा ईनिङको १.४ ओभरमा टिमको स्कोर १० रन हुँदा सुरेन्द्रन चन्द्रमोहनलाई सिगांपुरले व्यक्तिगत ८ रनमा गुमाएको भएपनि यसपछि भने सिगांपुरले दोस्रो विकेटका लागि ठुलो साझेदारी गर्न पुग्यो ।

टिमलाई रोहन रंगराजन र टिम डेभिडको जोडीले निकै राम्रो स्थितिसम्म पुर्याउन यी दुईबीच ८९ रनको साझेदारी हुन् पुगेको थियो । निकै राम्रो गरिरहेको यो जोडीलाई अविनाश बोहराले १०.४ ओभरमा टिमको स्कोर ९९ रन हुँदा तोडिदिएका थिए ।

दोस्रो विकेटमा पभेलियन फर्किएका सिगांपुरका रोहन रंगराजन ४९ रन बनाएर आउट हुँन पुगे । भने टिम डेभिडले ईनिङको सर्बाधिक धेरै रन बनाउदै टिमलाई ठुलो योगफलतर्फ अग्रसर बनाउन ठुलो योगदान गरे ।

टिमको ब्याटिङलाई अन्तिम सम्म पुर्याएका उनले एक्लैले ४३ बलमा ८ चौका र ३ छक्काको मद्दतमा ७७ रनको पारी खेले । दोस्रो विकेटका लागि रोहन रंगराजन सँग राम्रो साझेदारी गरेका उनले तेस्रो विकेटका लागि मनप्रीत सिंहसँग पनि ६६ रनको साझेदारी गरेका थिए । मनप्रीत सिंहले पनि ४२ रनको योगदान दिन सफल भएका थिए ।

बलिङतर्फ नेपालका अविनाश बोहाराले ४ तथा करन केसीले २ विकेट हात पारे । भने बसन्त रेग्मी सर्बाधिक महगा साबित हुँन पुगे । ४ ओभर बलिंङ गरेका उनले विना विकेट ५४ रन खर्चिएका थिए ।

कुल ५ टिमको सहभागिता रहेको प्रतियोगितामा शिर्षस्थानमा रहेको सिगांपुरले अब आगामी अक्टोबर ११ देखि नोभेम्बर ३ तारिखसम्म युएईमा हुँन गईरहेको विश्वकपको अन्तिम छनोट ग्लोबल क्वालिफायर खेल्नेछ ।

ग्लोबल क्वालिफायरमा कुल १४ टिमको सहभागिता रहने छ | यहाँबाट उत्कृष्ट ६ टिम अर्को वर्ष अष्ट्रेलियामा हुँने विश्वकपमा छनोट हुनेछ |

प्रतिक्रिया दिनुहोस्