onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपाललाई दोस्रो सफलता

साउन १२, अनलाइन खेलखबर || आईसीसी टि – ट्वान्टी विश्वकप एसिया फाइनल छ्नोट प्रतियोगिता अन्तर्गत अन्तिम तथा निर्णायक खेलमा नेपालले आयोजक सिगांपुरको सामना गरिरहेको छ ।

सिगांपुरस्थित ईन्डियन एसोसिएसन क्रीकेट मैदानमा जारी खेलमा घरेलु टिम सिगांपुरले ट्स जितेर सुरुमा ब्याटिङ गर्ने निर्णय गर्दै ताजास्थिति सम्म धेरै राम्रो सुरुवात गर्ने क्रममा सिगांपुरले १०.५ ओभरमा २ विकेटको क्षतिमा १०० रन बनाईसकेको छ ।

ईनिङको १.४ ओभरमा टिमको स्कोर १० रन हुँदा सुरेन्द्रन चन्द्रमोहनलाई टिमले व्यक्तिगत ८ रनमा गुमायो । उनलाई करन केसीले ज्ञानेन्द्र मल्लको हातबाट क्याच आउट गराएका थिए ।

यसैविचमा सिगांपुरको दोस्रो विकेट पतन भएको छ । सिगांपुरका रोहन रंगराजन ४९ रन बनाएर आउट हुँन पुगेका छ्न । नेपाललाई दोस्रो सफलता अभिनाश बोहराले दिलाए ।

यस प्रतियोगिताबाट शिर्षस्थानमा रहने एक टिम विश्वकपको अन्तिम छ्नोट ग्लोबल क्वालिफायरमा छ्नोट हुँने हुँदा आजको विजेता टिम ग्लोबल क्वालिफायरका लागि चयन हुनेछ ।

अपराजित रहेको आयोजक सिगांपुर अहिले ५ अंकसहित अकंतालिकाको शिर्षस्थानमा छ । भने नेपालले ४ अकंसहित पछ्याईरहेको अवस्था छ ।

यस्तोमा आजको अन्तिम खेलमा जसले जित हासिल गर्छ सोही टिम ग्लोबल क्वालिफायरमा छ्नोट हुनेछ ।

जारी प्रतियोगितामा सिगांपुर अपराजित रहेको छ । भने नेपाल पहिलो खेलमा कतारसँग ४ विकेटले पराजित भएको थियो । भने आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई वर्षाले प्रभावित गरेको खेलमा ७ विकेटले पराजित गरेको थियो ।

र अघिल्लो तेस्रो खेलमा कुबेतमाथी शानदार जित निकाल्ने क्रममा नेपालले कुबेतलाई ७ विकेटले निराश बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्