onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपाल लयमा फर्कियो : कुबेत पराजित : छनोट हुँन सिगांपुरलाई पराजित गरे पुग्ने

साउन ११ , अनलाइन खेलखबर ।। सिगांपुरमा जारी आईसीसी विश्वकप एसिया फाइनल छनोट अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा कुवेतलाई ७ विकेटले पराजित गरेसँगै ग्लोबल क्वालिफायर छनोट नजिक पुगेको छ ।

अब नेपालले आईतबार हुँने अन्तिम खेलमा सिगांपुरलाई पराजित गरेको खण्डमा नेपाल ग्लोबल क्वालिफायरमा छनोट हुँनेछ ।

शनिवार भएको खेलमा कुबेतले दिएको १ सय ४२ रनको सम्मानजनक विजयी चुनौतीलाई नेपालले १५.५ ओभरमा मात्र ३ विकेट गुमाएर सहज तरिकाले पूरा गर्यो ।

नेपाललाई महत्वपुर्ण खेलमा जित दिलाउँन कप्तान पारस खड्काले कप्तानी पारी खेले । ओपनरको रुपमा मैदान प्रवेश गरेका पारसले शानदार ब्याटिङ् गर्ने क्रममा पहिलो विकेटका रुपमा ज्ञानेन्द्र मल्ल सँग ४४ रनको ओपनिंङ्ग साझेदारी गर्न सफल भएका थिए । मल्ल १९ रन बनाएर आउट भएपनि पारसले खेललाई अन्तिम मोड सम्म लगे ।

यसपछी पारस र शरद भेषवाकरको जोडीले राम्रो ब्याटिङ् गर्दै टिमलाई सहजतर्फ अग्रसर गराए । यी दुई बिच दोस्रो विकेटका लागि ७८ रनको साझेदारी हुँन पुगेको थियो ।

तर दुर्भाग्यपूर्ण ईनीङको १३.१ ओभरमा टिमको स्कोर १२२ रन हुँदा पारस ६८ रनमा आउट हुँन पुगे । ४२ बलको सामना गरेका उनले ११ चौका र १ छक्काको मद्दतमा उक्त पारी खेल्न सफल भए ।

यसपछी दिपेन्द्र सिह एरि भने मात्र १ रनमा पभेलियन फर्किए । भनेअविजित रहेका शरदले ३८ रन तथा रोहित कुमार पौडेलले ६ रनको योगदान गर्दै टिमलाई जित दिलाए ।

बलिङतर्फ कुबेतका कप्तान मोहमम्द कासिफ एक्लैले ३ विकेट लिए ।

त्यसअघि सिगांपुरस्थित ईण्डियन एसोशियशन क्रिकेट मैदानमा भएको खेलमा नेपालले टस जितेर पहिले फ़िल्डिङ् गर्ने निर्णय गर्दै कुबेतले सुरुवाती ब्याटिङ गर्दै निर्धारित २० ओभर पुरै खेल्दै ९ विकेटको क्षतिमा ४१ रन बनाएको थियो ।

खेलमा कुबेतले पहिलो विकेटका रुपमा टिमको स्कोर ६ रन हुँदा दोस्रो ओभरको पहिलो बलमै मित भाभसरलाई सस्तैमा गुमायो । उनले मात्र नेपालबिरुद्दको खेलमा ५ रन बनाए । उनलाई करन केसीले पभेलियनको बाटो देखाईदिएका थिए ।

यसपछि कुबेतले केहि सहाल्न खोजेपनि ५.१ ओभरमा टिमले अर्को महत्वपुर्ण विकेट गुमायो । जसमा १५ रन बनाएर खेलिरहेका अर्का ओपनर रविजा सानदारुवान बसन्त रेग्मीको बलमा आउट हुँन पुग्दा टिम दबाबमा आईसकेको थियो ।

यसपछि कुबेतले क्रमश विकेट पतन हुँने क्रममा एदनान ईद्रिसले २५ रन , बिलाल ताहिर १३ रन उस्मान वाहिद शुन्य रनमा आउट हुँन पुगे ।

तर अन्त्यमा कुबेतका कप्तान मोहम्मद काशिफले राम्रो ब्याटिग गर्दै टिमलाई सम्मानजनक स्कोर तर्फ लगे | उनले ईनीङको सर्बाधिक धेरै रन बनाउने क्रममा अविजित रहदै ४९ रनको पारी खेले ।

बलिङ्गतर्फ नेपालका सन्दिप लामिछाने र बसन्त रेग्मीले समान ३/ ३ विकेट हात पारे । आफ्नो ४ ओभर पुरै बलिङ् गरेका सन्दिपले मात्र २१ रन खर्चिएर उक्त विकेट हात पारे । बसन्तले पनि किफायती बलिङ गर्ने क्रममा मात्र २० रन खर्चिए । भने करन केसीले २ तथा अभिनाश बोहराले १ विकेट हात पारे |

यसअघि नेपालले प्रतियोगिताको पहिलो खेलमा कतारसँग ४ विकेटले पराजित भएको थियो भने आफ्नो दोस्रो खेलमा भने नेपालले मलेसियालाई वर्षाले प्रभावित गरेको खेलमा ७ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्