पारसको अर्धशतक पूरा
साउन ११ , अनलाइन खेलखबर ।। नेपालका कप्तान पारस खडकाले सिगांपुरमा जारी आईसीसी टि-ट्वान्टी विश्वकप एसिया फाइनल छनोट प्रतियोगिता अन्तर्गत कुबेतबिरुद्दको खेलमा अर्धशतकीय पारी खेल्न सफल भएका छन ।
कुबेतले प्रस्तुत गरेको १ सय ४२ रनको विजयी चुनौतीलाई पछ्याउदै जवाफी ब्याटिंग गरिरहेको नेपाल अहिले बलियो स्थितिमा रहेको छ । यो समाचार तयार पार्दा सम्म नेपालले एक विकेटको क्षतिमा ११ ओभर भित्र १ सय ३ रन बनाईसकेको अबस्था छ ।
जसमा कप्तान पारसले उत्कृष्ट ब्याटिङ् गर्ने क्रममा कप्तानी पारी खेलीरहेका छन उनि अहिले ५६ रन बनाउदै खेलिरहेका छन । उनलाई मैदानमा अहिले शरद भेषवाकरले साथ् दिईरहेका छन ।
यता टिमले पहिलो विकेटका रुपमा उप – कप्तान मल्ललाई टिमको स्कोर ४४ रन हुँदा व्यक्तिगत १९ रनमा गुमाएको थियो ।
त्यसअघि सिगांपुरस्थित ईण्डियन एसोशियशन क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले फ़िल्डिङ् गर्ने निर्णय गर्दै कुबेतले सुरुवाती ब्याटिङ गर्दै निर्धारित २० ओभर पुरै खेल्दै ९ विकेटको क्षतिमा ४१ रन बनाएको थियो ।
खेलमा कुबेतले पहिलो विकेटका रुपमा टिमको स्कोर ६ रन हुँदा दोस्रो ओभरको पहिलो बलमै मित भाभसरलाई सस्तैमा गुमायो । उनले मात्र नेपालबिरुद्दको खेलमा ५ रन बनाए । उनलाई करन केसीले पभेलियनको बाटो देखाईदिएका थिए ।
यसपछि कुबेतले केहि सहाल्न खोजेपनि ५.१ ओभरमा टिमले अर्को महत्वपुर्ण विकेट गुमायो । जसमा १५ रन बनाएर खेलिरहेका अर्का ओपनर रविजा सानदारुवान बसन्त रेग्मीको बलमा आउट हुँन पुग्दा टिम दबाबमा आईसकेको थियो ।
यसपछि कुबेतले क्रमश विकेट पतन हुँने क्रममा एदनान ईद्रिसले २५ रन , बिलाल ताहिर १३ रन उस्मान वाहिद शुन्य रनमा आउट हुँन पुगे ।
तर अन्त्यमा कुबेतका कप्तान मोहम्मद काशिफले राम्रो ब्याटिग गर्दै टिमलाई सम्मानजनक स्कोर तर्फ लगे | उनले ईनीङको सर्बाधिक धेरै रन बनाउने क्रममा अविजित रहदै ४९ रनको पारी खेले ।
बलिङ्गतर्फ नेपालका सन्दिप लामिछाने र बसन्त रेग्मीले समान ३/ ३ विकेट हात पारे । आफ्नो ४ ओभर पुरै बलिङ् गरेका सन्दिपले मात्र २१ रन खर्चिएर उक्त विकेट हात पारे । बसन्तले पनि किफायती बलिङ गर्ने क्रममा मात्र २० रन खर्चिए । भने करन केसीले २ तथा अभिनाश बोहराले १ विकेट हात पारे |
यसअघि नेपालले प्रतियोगिताको पहिलो खेलमा कतारसँग ४ विकेटले पराजित भएको थियो भने आफ्नो दोस्रो खेलमा भने नेपालले मलेसियालाई वर्षाले प्रभावित गरेको खेलमा ७ विकेटले पराजित गरेको थियो ।