onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

कुबेतले दियो नेपाललाई सम्मानजनक चुनौती

साउन ११ , अनलाइन खेलखबर ।। सिगांपुरमा जारी आईसीसी विश्वकप एसिया फाइनल छनोट अन्तर्गत अहिले नेपालले गर या मरको खेलमा कुबेतको सामना गरिरहेको छ ।

आसन्न विश्वकपमा छनोट हुँने अन्तिम खुड्किलोको रुपमा रहेको ग्लोबल क्वालिफायरमा छनोट हुँनका लागि नेपाललाई कुबेतलाई जसरी पनि हराउनु पर्छ यतिले मात्र पुग्ने छैन भोलि आईतबार आयोजक सिगापुरलाई पराजित गरेको खण्डमा नेपाल छनोट हुँन सक्नेछ ।

आज शनिवार सिगांपुरस्थित ईण्डियन एसोशियशन क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले फ़िल्डिङ् गर्ने निर्णय गर्दै कुबेतले सुरुवाती ब्याटिङ गर्दै निर्धारित २० ओभर पुरै खेल्दै ९ विकेटको क्षतिमा १ सय ४१ रन बनाएको छ ।

खेलमा कुबेतले पहिलो विकेटका रुपमा टिमको स्कोर ६ रन हुँदा दोस्रो ओभरको पहिलो बलमै मित भाभसरलाई सस्तैमा गुमायो । उनले मात्र नेपालबिरुद्दको खेलमा ५ रन बनाए । उनलाई करन केसीले पभेलियनको बाटो देखाईदिएका थिए ।

यसपछि कुबेतले केहि सहाल्न खोजेपनि ५.१ ओभरमा टिमले अर्को महत्वपुर्ण विकेट गुमायो । जसमा १५ रन बनाएर खेलिरहेका अर्का ओपनर रविजा सानदारुवान बसन्त रेग्मीको बलमा आउट हुँ न पुग्दा टिम दबाबमा आईसकेको थियो ।

यसपछि कुबेतले क्रमश विकेट पतन हुँने क्रममा एदनान ईद्रिसले २५ रन , बिलाल ताहिर १३ रन उस्मान वाहिद शुन्य रनमा आउट हुँन पुगे ।

तर अन्त्यमा कुबेतका कप्तान मोहम्मद काशिफले राम्रो ब्याटिग गर्दै टिमलाई सम्मानजनक स्कोर तर्फ लगे | उनले ईनीङको सर्बाधिक धेरै रन बनाउने क्रममा अविजित रहदै ४९ रनको पारी खेले ।

बलिङ्गतर्फ नेपालका सन्दिप लामिछाने र बसन्त रेग्मीले समान ३/ ३ विकेट हात पारे । आफ्नो ४ ओभर पुरै बलिङ् गरेका सन्दिपले मात्र २१ रन खर्चिएर उक्त विकेट हात पारे । बसन्तले पनि किफायती बलिङ गर्ने क्रममा मात्र २० रन खर्चिए । भने करन केसीले २ तथा अभिनाश बोहराले १ विकेट हात पारे |

अब कुबेतले प्रस्तुत गरेको १ सय ४२ रनको चुनौतीलाई नेपालले अबको केहि समयपछी पछ्याउदै जवाफी ब्याटिग गर्नेछ |

प्रतिक्रिया दिनुहोस्