onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपाललाई सातौं सफलता : सन्दिपले ३ विकेट लिन सफल

साउन ११ , अनलाइन खेलखबर ।। सिगांपुरमा जारी आईसीसी विश्वकप अन्तर्गत अहिले नेपालले गर या मरको खेलमा कुबेतको सामना गरिरहेको छ ।

फाईल फोटो

सिगांपुरस्थित ईण्डियन एसोशियशन क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले फ़िल्डिङ् गर्ने निर्णय गर्दै कुबेतले अहिले सुरुवाती ब्याटिंङ्ग गरिरहेको छ ।

ताजा स्थितिमा कुबेतले १५ ओभरमा ७ विकेटको क्षतिमा ९६ रन बनाएर खेल्दैछ ।

खेलमा कुबेतले पहिलो विकेटका रुपमा टिमको स्कोर ६ रन हुँदा दोस्रो ओभरको पहिलो बलमै मित भाभसरलाई सस्तैमा गुमायो । उनले मात्र नेपालबिरुद्दको खेलमा ५ रन बनाए । उनलाई करन केसीले पभेलियनको बाटो देखाईदिएका थिए ।

यसपछि कुबेतले केहि सहाल्न खोजेपनि ५.१ ओभरमा टिमले अर्को महत्वपुर्ण विकेट गुमायो । जसमा १५ रन बनाएर खेलिरहेका अर्का ओपनर रविजा सानदारुवान बसन्त रेग्मीको बलमा आउट हुँ न पुग्दा टिम दबाबमा आईसकेको थियो ।

यसपछि कुबेतले क्रमश विकेट पतन हुँने क्रममा एदनान ईद्रिसले २५ रन , बिलाल ताहिर १३ रन उस्मान वाहिद शुन्य रनमा आउट हुँ न पुगे ।

बलिङ्गतर्फ अहिले सम्म नेपालका सन्दिप लामिछाने ३ तथा बसन्त रेग्मीले २ विकेट हात पारिसकेका छन । भने करन र अभिनाशले १/१ विकेट लिईसकेका छन ।

प्रतिक्रिया दिनुहोस्