onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपालमाथि ऐतिहासिक जित हासिल गरेको कतार कुबेतसँग भने पराजित : नेपाललाई सोच्न बाध्य

साउन १० , अनलाइन खेलखबर ।। सिगापुरमा जारी आईसिसी टि-ट्वान्टी विश्वकप एसिया फाइनल छनोट प्रतियोगिता अन्तर्गत आज शुक्रबार भएको खेलमा कतार कुबेतसँग रोमान्चक खेलमा १० रनले पराजित भएसँगै प्रतियोगिता रोचक बनेको छ ।

कतार यहि टिम हो जसले प्रतियोगिताको दाबेदार एकदिवसीय मान्यता प्राप्त नेपाललाई पराजित गरेको थियो । जो आज कुबेतसँग पराजित हुँन पुगेको छ ।

यसअघि कुबेतलाई प्रतियोगितामा अलिकति कमजोर मानिएको भएपनि यो खेलको नतिजाले कुबेतमाथि पनि सोच्न बाध्य बनाएको छ । अब कुबेतले भोलि शनिवार नेपालसँग खेल्ने कार्यक्रम रहेको छ l

नेपाललाई विश्वकपको अन्तिम छनोटमा पुग्न भोलिको खेल जसरी पनि आफ्नो पक्षमा पार्नुपर्ने दबाब छ । त्यो पनि राम्रो तरिकाले l यस्तोमा आज कुबेतले आफ्नो तेस्रो खेलमा कतारबीरुद्को खेलमा शानदार प्रदर्शन मार्फत शनशनिपूर्ण मच्याएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिंग गरेको कुबेतले निर्धारित २० ओभर पुरै खेल्दै ७ विकेटको क्षतिमा १ सय ९७ रनको बिशाल योगफल खडा गरेको थियो ।

कुबेतलाई बिशाल योगफलतर्फ पुर्याउन कुबेतका अदनांन ईद्रिसले अर्धशतकीय पारीखेलेका थिए l ३२ बलको सामना गरेका उनले ८ चौका र २ छक्काको मद्दतमा ५६ रनको योगदान गरे ।

यस्तै कुबेतका कप्तान मोहमद कासिफले ४३ रन तथा मित भावसरले ३५ रनको योगदान गरेका थिए ।

यसपछी ठुलो लक्ष्य पछ्याउदै जवाफी ब्याटिंग गरेको कतार जित नजिक पुगेपनि जित भने निकाल्न सकेन । २० ओभर पुरै खेल्दै कतार ५ विकेटको क्षतिमा १ सय ८७ रनमा सिमित हुँन पुग्दा नतिजा कुबेतले आफ्नो पक्षमा पार्यो ।

यो खेलसगै अहिले कुबेत अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ । भने कतार अन्तिम स्थानमा झरेको छ । भने नेपाल चौथो स्थानमा रहेको छ ।

यस प्रतियोगिताबाट एक मात्र टिमले ग्लोबल क्वालिफायरमा छनोट हुने हुँदा आजको खेलसँगै समिकरण ४ टिमका लागि खुल्ला हुँदा कतारको भने सकिएको छ ।

अब कुबेतले आफ्नो अन्तिम खेलमा भोलि नेपालको सामना गर्नेछ l खेल नेपालि समय अनुसार बिहान सवा ७ बजेपछि सिगापुर स्थित ईन्डियन एसोसियशनको क्रिकेट मैदानमा हुँनेछ ।

प्रतिक्रिया दिनुहोस्