ग्लोबल क्वालिफायर पुग्न नेपाललाई समीकरणको साहारा ! यस्तो भए मात्र नेपाल पुग्नेछ

ग्लोबल क्वालिफायर पुग्न नेपाललाई समीकरणको साहारा ! यस्तो भए मात्र नेपाल पुग्नेछ

साउन ७ , अनलाइन खेलखबर || सिगांपुरमा जारी आईसीसी टि- ट्वान्टी विश्वकपको एसिया फाइनल छ्नोट प्रतियोगिताको पहिलो खेलमा कतारसगँ अनपेक्षित हार ब्यहोरेपछी नेपाललाई थप दबाब सिर्जना भएको छ ।

फाईल फोटो

मङ्गलबार भएको आफ्नो पहिलो खेलमा नेपाल कतारसगँ ४ विकेटले पराजित भएसँगै विश्वकप छ्नोटको अन्तिम प्रतियोगिता ग्लोबल क्वालिफायरमा छ्नोट हुँन नेपाललाई अब बाकी ३ खेलमा स्पष्ट तरिकाले जित हासिल गर्नुपर्ने बाध्यता उत्पन्न भएको छ ।
फोटो सौजन्य : मलेसियन क्रीकेट

प्रतियोगिताको प्राबधान अनुसार यस प्रतियोगिताको उत्कृष्ट एक टिम ग्लोबल छ्नोटमा पुग्ने हुँदा अबको खेल नेपालका लागि गर या मरको स्थितीमा रहने छ । नेपालले खेल मात्र जितेर पुग्दैन राम्रो रनरेटमा जित्नुपर्नेछ ।

यस्तो भयो भने मात्र नेपालको सम्भावना रहन्छ । तर विश्वकप खेल्ने लक्ष्य बोकेको नेपाललाई कतारबिरुद्दको खेलले भने ठूलो झापड हानेको छ ।

कतार आफ्नो पहिलो खेलमा आयोजक सिगांपुरसगँ ३३ रनले पराजित भएको थियो भने कतारले आजको जित सगैँ ठूलो राहत मह्सुश पक्कै गरेको हुनुपर्छ ।

प्रतियोगितामा अब नेपालले दोस्रो खेल बुधबार मलेसियासगँ खेल्नेछ भने तेस्रोमा आयोजक सिगांपुरसगँ शनिबार प्रतिष्पर्दा गर्नेछ भने आईतवार अन्तिममा खेलमा कुबेतको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *