onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

कतारबिरुद्द नेपालको कमजोर ब्याटिङ : औषत लक्ष्य प्रस्तुत

साउन ७ , अनलाइन खेलखबर || सिगांपुरमा जारी आईसीसी विश्वकप एसिया फाइनल छ्नोटको पहिलो खेलमा नेपालले कतार सामु औषत लक्ष्य प्रस्तुत गरेको छ ।

सिगांपुरस्थित ईण्डियन एसोसिएशन मैदानमा जारी खेलमा सुरुमा नेपालले ट्स जितेर ब्याटिङ गर्ने निर्णय गर्दै निर्धारित २० ओभर पुरै खेल्दै सबै विकेट गुमाएर १ सय २२ रन बनाएको छ ।

खेलमा ओपनिङ रुपमा मैदानमा आएका कप्तान पारस खडका र उप – कप्तान ज्ञानेन्द्र मल्लको जोडिले कतार बिरुद्दको खेलमा राम्रो गरे ।

टिमलाई राम्रो सुरुवात दिलाउँने क्रममा यो जोडीले ओपनिङ ४९ रनको साझेदारी गर्न सफल भए ।

खेलको ५.६ ओभरमा टिमको स्कोर ४९ हुँदा कप्तान पारसलाई नेपालले व्यक्तिगत २८ रनमा गुमाएको नेपालले यसपछि दोस्रो विकेटका रुपमा मल्ललाई २३ रनमा गुमायो ।

मल्लपछि टिमले अर्का महत्वपूर्ण खेलाडी शरद भेषावकरलाई भने सस्तैमा गुमायो । १०.१ ओभरमा टिमको स्कोर ६७ रन हुँदा शरद तमोर साजदको बलमा क्याच आउट हुँदै पभेलियन फर्किएका थिए ।

यता चौथो विकेटका रुपमा सोमपाल कामीले आउट हुँन पुगे । १२ बलमा १ चौकाको मद्दतमा ११ रन बनाएका उनि रन आउट हुँन पुगेका थिए ।

यसपछि लगातार विनोद भण्डारी पनि ३ रनमा र दीपेन्द्र सिँह एरि ३४ रनमा आउट भएपछि झिनो स्कोर हुँदा टिम थप दबाबमा आएको थियो ।

यस्तै सन्दिप लामिछानेले ९ रन तथा करन केसिले ४ रन बनाए ।

सुरुवात राम्रो पाएको भएपनी मध्यक्रमका खेलाडीले न्याय गर्न नसक्दा कमजोर कतारसामु नेपालको औषत ब्याटिङ रहन पुग्यो ।

अब नेपालले प्रस्तुत गरेको १ सय २३ रनको विजयी लक्ष्य पछ्याउँदै अबको केहिबेरमा कतारले जवाफी ब्याटिङ गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्