onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

कतारबिरुद्द नेपालको मध्यम सुरुवात

साउन ७, अनलाइन खेलखबर || सिगांपुरमा जारी आईसीसी टि – ट्वान्टी विश्वकप अन्तर्गत एसिया फाइनल छ्नोट प्रतियोगिता अन्तर्गत प्रतियोगिताको दाबेदार नेपालले पहिलो खेलमा अहिले कतारको सामना गरिरहेको छ ।

सिगांपुरस्थित ईण्डियन एसोसिएशन मैदानमा जारी खेलमा सुरुमा नेपालले ट्स जितेर ब्याटिङ गर्ने निर्णय गर्दै ताजास्थिति सम्म नेपालले ९ ओभरमा २ विकेटको क्षतिमा ६१ रन बनाईसकेको छ ।

ओपनिङ रुपमा मैदानमा आएका कप्तान पारस खडका र उप – कप्तान ज्ञानेन्द्र मल्लको जोडिले कतार बिरुद्दको खेलमा राम्रो गरे । टिमलाई राम्रो सुरुवात दिलाउँने क्रममा यो जोडीले राम्रो प्रदर्शन गर्न सफल भयो ।

खेलको ५.६ ओभरमा टिमको स्कोर ४९ हुँदा कप्तान पारसलाई नेपालले व्यक्तिगत २८ रनमा गुमाएको थियो । यसपछि मल्ल पनि २३ रन बनाएर दोस्रो विकेटका रुपमा पभेलियन फर्किएका छन । अहिले मैदानमा शरद भेषवाकर र दिपेन्द्र सिह एरिले ले ब्याटिंङ गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस्