onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

रोहित सर्मा को कप्तानी पारीको मद्दत मा आईपिएल मा मुम्बई को पहिलो जित

अनलाईन खेलखबर || ईन्डियन प्रिमियर लिग ( आईपिएल ) अन्तर्गत मङ्गलबार राती भएको प्रतियोगिता को १४ औं मुम्बई ईन्डियन्स र रोयल च्यालेन्जर्स बैङ्लोर बिचको खेल मा मुम्बई ईन्डियन ४६ रनले बिजयी भएको छ । यो प्रतियोगिता मा मुम्बई को पहिलो जित हो ।

वानखडे स्टेडियम मा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई ले पुरै ओवर खेल्दै २ सय १३ रनको विशाल योगफल खडा गरेको थियो । सुरुवात भने मुम्बई को राम्रो भने हुन सकेन ओपनर द्रय सुर्यकुमार यादब र ईशान किशोर लाई पहिलो ओवर को पहिलो र दोस्रो बल मा उमेश यादब ले आउट गर्दै शनसनि मच्चाएका थिए ।यसपछि मुम्बई ले राम्रो सुझबुझ ब्याटिङ को मद्दत ले अघि बढ्यो तेस्रो बिकेट का लागि कप्तान रोहित सर्मा र एविन लेविस ले १०८ रनको साझेदारी गरे लेविस ब्यतिगत ६५ रन मा आउट हुन पुगे र कप्तान रोहित सर्मा ले कप्तानि पारी खेल्दै ५२ बलको सामना गर्दै १० चौका ५ छ्क्का को मद्दत ले ९४ रन बनाएका थिए । यस्तै कुनाल पान्डेय ले १५ रन , किरण पोलाड ले ५ रन र हार्दिक पान्डेय ले १७ रनको योगदान गरेका थिए ।

बलिगं तर्फ बैङ्लोर का लागि उमेश यादब त कोरि एन्डरसन ले २/२ विकेट लिए ।

१ सय १४ रनको विशाल लक्ष्य पछ्याएको रोयल च्यालेन्जर्स बैङ्लोर ले पुरै २० ओवर खेल्दै ८ विकेट गुमाएर १ सय ६७ रन बनायो र मुम्बई सामु ४६ रनले पराजित हुनपुग्यो । बैङ्लोर का लागि कप्तान बिराट कोहली ले अबिजित ९२ रनको पारी खेले पनि अन्य ब्याटसम्यान चल्न नसकेपछी बिराट को ईनिग खोर गयो । कोहली ले ६२ बल मा ७ चौका ४ छ्क्का को मद्दत मा उक्त पारी खेलेका थिए । यस्तै मन्दिप सिंह ले १६ रन , वासिङ्टन सुन्दर ले ७ रन , सर्फराज खान ले ५ रन सिराज ले ८ रन र उमेश यादब ले १ रन बनाएका थिए ।

बलिग तर्फ मुम्बई का लागि कुनाल पान्डेय ले ३ विकेट लिए भने , जसपृत बुमराह र मिचेल मैक्लनधन ले २/२ विकेट लिए भने मयाक मार्कन्डे ले १ विकेट लिएका थिए ।

खेलको म्यान अफ द म्याच मुम्बई ईन्डियन का कप्तान रोहित सर्मा घोषित भए उनले कप्तानी पारी खेल्दै महत्त्वपूर्ण ९४ रन बनाएका थिए ।

यो जित सगै मुम्बई ले सिजन को पहिलो जित हासिल गरेको छ यसअघि भएका ३ खेल मा लगातार हार ब्यहोरेको थियो । भने बैङ्लोर को ४ खेल बाट मात्र १ जित हासिल गरेको छ । अंकतालिका मा क्रमश मुम्बई र बैङ्लोर छैठौं र सातौ स्थान मा रहेका छ्न

अब बुधवार प्रतियोगिता को १५ औ खेल अन्तर्गत राजस्थान रोयल्स र कोलकता बिच नेपाली समय अनुसार सवा आठ बजे राती बाट भिडने छ्न ।

प्रतिक्रिया दिनुहोस्