onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बिराट कोहली को टिम बैङ्लोर माथी राजस्थान को शानदार जित : जितमा सन्जु को आक्रमक पारी

बैशाख २ , अनलाईन खेलखबर || ईन्डियन प्रिमियर लिग ( आईपिएल ) अन्तर्गत आज आईतवार भएको प्रतियोगिता को ११ औं खेल राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैङ्लोर ( आरसिवि ) बिचको खेल मा राजस्थान रोयल्स १९ रनले बिजयी भएको छ ।

२ सय १८ र न को लक्ष्य पछ्याएको रोयल च्यालेन्जर्स बैङ्लोर ( आरसिवि ) ले २० ओवर पुरै खेल्दै ६ विकेट गुमाएर मात्र १ सय ९८ बनायो र राजस्थान सगँ पराजित हुन पुग्यो । आज आरसिवि का लागि कप्तान बिराट कोहली ले सर्बाधिक ५७ रन बनाएका थिए उनले ३० बलको सामना गर्दै ७ चौका २ छ्क्का को प्रहार गरेका थिए । यस्तै ओपनर द्रय ब्रेन्डेन म्याकलम र डि कंक ले क्रमश : ४ रन र २६ रन बनाएका थिए ।यस्तै पवन नेगि ले ३ रन , वासिङ्टन सुन्दर ले ३५ रन , डिभिलर ले २0 रन बनाएका थिए भने मन्दिप ४७ रन मा अबिजित रहे ।

बलिगं तर्फ राजस्थान का लागि शौयस गोपाल ले सर्बाधिक २ विकेट लिए ।।

यसअघि चिन्नास्वामी रंगशाला बैङ्लुरु मा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थान रोयल्स ले पुरै निर्धारित २० ओवर खेल्दै मात्र ४ विकेट गुमाएर २ सय १७ रनको विशाल योगफल खडा गरेको थियो । १० छ्क्का २ चौका को मद्दत मा ४५ बलको सामना गर्दै आक्रमक पारी खेल्दै अबिजित ९२ रनको एउटा् ठूलो पारी खेल्दै टिम लाई उच्च स्कोर मा पुर्याएका थिए ।

यस्तै कप्तान राहाने ले २० बल को सामना गर्दै ३६ रन बनाएका थिए । भने शट ले ११ रन , बेन स्टोग ले २७ रन , जोस बोट्लर ले २३ रन र राहुल त्रिपाढी ले १४ रनको योगदान गरेका थिए ।

बलिङ तर्फ बैङग्लोर का लागि उमेश यादव निकै मह्ङ्गा साबित हुँदा उनले ४ ओवर खेल्दै बिना विकेट ५९ रन खर्चिएका थिए । युजभेन्द्र चाहल र कृस वाकेस ले समान २/२ विकेट लिएका थिए ।

अबिजित ९२ रनको आक्रमक पारी खेल्दै राजस्थान रोयल्स लाई जिताउन महत्त्वपूर्ण योगदान गरेका सन्जु संमसोन खेलको म्यान अफ द म्याच घोषित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्