onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

क्रीकेटर सोमपाल कामीलाई रेड रक स्पोर्ट्सको प्रायोजन

असार २८ , अनलाईन खेलखबर ।। मेरठ स्थित भारतीय क्रिकेट निर्माण कम्पनि रेड रक स्पोर्ट्सले नेपाली राष्टिय क्रिकेटर सोमपाल कामीलाई प्रायोजन गरेको छ ।

अब सोमपालले कम्पनीबाट उत्पादन भएका खेल सामाग्री २ बर्षसम्म प्राप्त गर्नेछ्न भने विदेशी लिग खेल्दा ३ हजार देखि ५ हजार अमेरिकी डलर उपलब्ध गराउने कम्पनिले जानकारी गराएको छ ।

यसअघि अघिल्लो सातानै राष्ट्रिय टिमका सदस्य करन केसिलाई पनि १ बर्षको लागि कम्पनीले प्रायोजन गरेको थियो भने युवा खेलाडी भिम सार्कीलाई ३ बर्षका लागि प्रायोजन गरेको छ ।

रेड रक स्पोर्ट्स सन् २००७ मा स्थापना भएको कम्पनि हो ।

कम्पनीले उत्पादन गरेको सामाग्री सचिन तेंदुलकर, वीरेंद्र सहवाग, युवराज सिंह, महेन्द्र सिह धोनी र रोबिन उथप्पा जस्ता खेलाडीले प्रयोग गर्दै आएका छन । कम्पनीले चाडैनै काठमाण्डौमा शाखा बिस्तार गर्ने पनि बताएको छ ।

प्रायोजन पछि क्रिकेटर सोमपालले प्रायोजनबाट खुशी लागेको बताउँदै हामीलाई अझ राम्रो गर्नमा यसले अझ हौसला प्रदान गर्ने बताए । साथै उनले प्रायोजक कम्पनीलाई धन्यबाद समेत दिए ।

प्रतिक्रिया दिनुहोस्