onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पारसले उत्कृष्ट ब्याटिङ गरेपछी मलेसिया माथि नेपालको सहज जित

असार २८ , अनलाईन खेलखबर || कप्तान पारस खड्काले उत्कृष्ट अर्धशतकीय पारी खेलेपछी नेपालले मलेसियाबिरुद्दको पहिलो अन्तर्राष्ट्रिय टि – ट्वान्टीमा ७ विकेटले जित हासिल गरेको छ ।

शनिवार भएको खेलमा घरेलु टोली मलेसियाले प्रस्तुत गरेको १ सय २९ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको नेपालले उक्त विजयी लक्ष्यलाई १८.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेटायो ।

नेपालको जितमा कप्तान पारस खडकाले नायकको भुमिका निर्बाह गर्ने क्रममा ५० बलको सामना गर्दै ८ चौका र ५ छ्क्काको मद्द्तमा अबिजित रह्दै ८६ रनको पारी खेल्दै टिमलाई जित दिलाए ।

यस्तै अत्यमा उनलाई साथ दिएका शरद भेषावकरले १६ रन बनाए ।

त्यसअघि नेपालले पहिलो विकेटका लागि ओपनर ब्याट्सम्यान प्रदिप एरिलाई ८ रनमा गुमाएको थियो भने टिमका उप – कप्तान ज्ञानेन्द्र मल्लले ७ तथा रोहित कुमार पौडेलले ५ रनको योगदान गरेका थिए ।

बलिङतर्फ मलेसियाका मोहम्मद अनवरले सर्बाधिक २ विकेट हात पारे भने फित्री शामको नाममा पनि १ विकेट रह्यो ।

त्यसअघि क्वालालम्पुरस्थित किनरारा ओभल क्रीकेट मैदानमा जारी खेलमा घरेलु टिम मलेसियाले ट्स जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै निर्धारित २० ओभर पुरै खेल्दै ९ विकेटको क्षतिमा १ सय २८ रन बनाएको थियो ।

मलेसियाका लागि विरदिप सिँहको अर्धशतकीय पारी खेक्दै टिमलाई सम्मानजनक योगफलतर्फ लगे । ओपनर ब्याट्सम्यान समेत रहेका सिँहले ४९ बलमा ७ चौका र १ छ्क्काको मद्धतमा ५७ रनको योगदान गर्दै तेस्रो विकेटका रुपमा पभेलियन फर्किएका थिए ।

ईनिङको पहिलो ओभरको पाँचौ बलमा पहिलो विकेटका रुपमा सैयद अजिजलाई शुन्य रनमा गुमाएको मलेसियाका लागि विरदिप सिँह र फित्री शामले दोस्रो विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए ।

सन्दिप लामिछानेको बलमा करन केसिको हातबाट क्याच आउट हुनुअघि फित्री शामले १३ बलको सामना गर्दै १ चौकाको मद्दतमा १२ रनको योगदान गरे ।

यसपछि टिमले अर्को राम्रो साझेदारी पायो तेस्रो विकेटका लागि कप्तान अहमद फैईज र विरदिप सिँहले ५० रनको साझेदारी गरे ।

१४.२ ओभरमा वसन्त रेग्मीको बलमा प्रदिप एरिको हातबाट क्याच आउट हुनुअघि विरदिप सिँहले अर्धशतकिय पारी खेलिसकेका थिए ।

यसपछि अहमद फैईजले पनि टिमका लागि राम्रो साथ दिने क्रममा ४५ रनको पारी खेल्दा अन्य खेलाडीहरुले भने निराशाजनक प्रदशन गरेपछी टिम सम्मानजनक स्कोरमै रोकिन बाध्य भयो ।

बलिङतर्फ नेपालका करन केसिले ४ ओभर बलिङ गर्दै मात्र २७ रन खर्चिएर सर्बाधिक ३ विकेट हात पारे ।

यस्तै सन्दिप लामिछाने र वसन्त रेग्मीले समान २/२ विकेट हात पारे । आफ्नो स्पेलको ४/४ ओभर बलिङ गरेका सन्दिपले २५ रन खर्चिए भने बसन्तले २८ रन खर्चिएर उक्त विकेट लिएका थिए ।

यस्तै सोमपाल कामिले पनि १ विकेट लिन सफल भए ।

अब सिरिजको दोस्रो तथा अन्तिम खेल भोलि आईतवार हुँनेछ ।

दोस्रो पटक विश्वकप खेल्ने लक्ष्यमा रहेको नेपालले यस सिरिजलाई महत्वपूर्ण तयारिको अम्शंको रुपमा लिएको छ ।

पछिल्लो युएईबिरुद्ध टि – ट्वान्टी सिरिज खेलेको नेपालले करिव ६ महिनापछि अन्तर्राष्ट्रिय टि – ट्वान्टी सिरिजमा फर्किएको हो ।

अन्तर्राष्ट्रिय सिरिज पछि नेपाल र मलेसिया
जुलाई २० देखी २८ तारिखसम्म बिश्वकप छ्नोट प्रतियोगिता खेल्न सिगाँपुरतर्फ प्रस्थान गर्नेछ्न ।

टि – ट्वान्टी विश्वकपको छ्नोट प्रक्रियाको दोस्रो चरणमा रहेको एसीया छनोट प्रतियोगितामा आयोजक सिगाँपुर सहित नेपाल, कतार, मलेसिया र कुबेत रहेको छ ।

खेल तालिका अनुसार नेपालले २३ जुलाईमा कतार बिरुद्द खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । भने जुलाई २४ मा मलेसियाको सामना गर्नेछ । यस्तै तेस्रो खेलमा जुलाई २७ मा कुबेतको सामना गर्नेछ भने अन्तिममा आयोजक सिगापुर सँग जुलाई २८ मा नेपालले खेल्नेछ ।

प्रतियोगिताको शिर्षस्थानमा आउने टोलीले बिश्वकप छनोटको अन्तिम खुडकिलोको रुपमा रहेको ग्लोबल छनोटमा सहभागिता जनाउने छ । जुन प्रतियोगिता युएईमा आयोजना हुनेछ ।

१४ टिम सहभागी ग्लोबल टी ट्वान्टी छनोटबाट उत्कृष्ट ६ टिमले आगामी वर्षको अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म अष्ट्रेलियामा हुने टी ट्वान्टी विश्वकपमा स्थान बनाउने छन ।

प्रतिक्रिया दिनुहोस्