onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

मलेसियाको राम्रो सुरुवात

असार २८ , अनलाईन खेलखबर || मलेसिया भ्रमणमा रहेको नेपाली क्रीकेट टोलीले मलेसिया बिरुद्दको पहिलो अन्तर्राष्ट्रिय टि -ट्वान्टी सिरिज अन्तर्गत् पहिलो खेलमा अहिले मलेसियाको सामना गरिरहेको छ ।

क्वालालम्पुरस्थित किनरारा ओभल क्रीकेट मैदानमा जारी खेलमा घरेलु टिम मलेसियाले ट्स जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै अहिले ब्याटिङ गरिरहेको अवस्था छ ।

जसअनुसार ताजास्थितिमा मलेसिया राम्रो सुरुवात गर्ने क्रममा ९ ओभरमा मात्र २ विकेट गुमाएर ५५ रन बनाईसकेको अबस्था छ ।

दुई खेलको सिरिज अन्तर्गत दोस्रो खेल भोलि आईतवार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्