onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

काठमाडौ लाई पराजित गर्दै धनगढि ले चुम्यो डिपिएल को उपाधी

चैत्र ३० , अनलाईन खेलखबर || धनगढि प्रिमियर लिग ( डिपिएल ) अन्तर्गत आज भएको फाईनल खेल काठमाडौ गोल्डेन्स र टिम चौराहा धनगढी बिचको खेल मा २१ रन ले बिजयी हुँदै यस संस्करण को डिपिएल को उपाधी डिफेन्डिङ च्याम्पियन टिम चौराहा धनगढि ले उचालेको छ ।

१ सय ८२ रनको विशाल लक्ष्य पछ्याएको काठमाडौ गोल्डेन्स ले २० ओवर पुरै खेल्दै ८ विकेट गुमाएर मात्र १ सय ६० रन बनायो । खेललाई नजिक लगेपनी खेल आफ्नो पक्षमा पार्न असफल भयो काठमाडौ , काठमाडौ का लागि आज ओपनर अमित श्रेष्ठ ले उत्कृष्ट पारी खेल्दै सर्बाधिक ५८ रन बनाए , ३९ बलको सामना गरेका उनले ७ चौका ३ छ्क्का को मद्दत ले उक्त स्कोर खडा गर्दै टिम लाई बलियो स्थिति मा पुर्याएका थिए उनि योगेन्द्र कार्की को बल मा क्याच आउट हुन पुगेका थिए ।

यस्तै अर्का ओपनर सुबोद भाटी लाई भने टिम ले मात्र ५ रन मा गुमाएको थियो । यसपछि पुस्प थापा ले १५ रन , कप्तान ज्ञानेन्द्र मल्ल ले ३० रन जोडेका थिए ।यसपछि नरेश बुढाएर ले १७ बलको सामना गर्दै १९ रन बनाए । काठमाडौ लाई केही हद सम्म जित का लागि नजिक पुर्याएका शनि पटेल १८.१ ओवर मा रोहन मुस्तफा को बल मा आउट भए पछि काठमाडौ हार नजिक पुगेको थियो खेलको टर्निगं पोईन्ट को रुपमा रहेको १९ औ ओवर मा रोहन मुस्तफा ले २ विकेट शनि पटेल र राशिद खान को बिकेट लिए पछि खेल धनगढि को पक्षमा गएको थियो । शनि पटेल २२ रन मा आउट हुदा रासिद खान ले २ रन मात्र बनाए यसपछि धनगढि खेल मा हाबी हुँदै च्याम्पियन बन्न सफल भयो । सन्तोष भट्ट ले २ रन र ललित राजबम्शी १ रन मा अबिजित रहे ।

बलिगं तर्फ टिम चौराहा धनगढि का ललित भन्डारी ले सर्बाधिक ३ विकेट लिए भने रोहन मुस्तफा ले महत्त्वपूर्ण २ विकेट लिए जुन विकेट ले खेलको दिशा नै परिवर्तन भएको थियो । यस्तै सम्साद शेख र योगेन्द्र कार्की ले समान १/१ विकेट लिन सफक भए ।

ट्र्फि का साथ मा डिपिएल का टिम कप्तान हरु ।

यसअघि प्रदेश नब्बर ७ को सघियं ईकाई प्रहरी कार्यलय को क्रीकेट मैदान मा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिम धनगढीले निर्धारित २० ओवर मा पुरै खेल्दै मात्र ४ विकेटको क्षतिंमा १ सय ८१ रनको ठूलो योगफल तयार पार्यो । जसमा टिम चौराहा धनगढीका लागि ओपनर ब्याट्सम्यान सुनिल धमलाले ६३ बल मा ८ चौका ३ छ्क्का को मद्दतले सर्वाधिक ७८ रन बनाएका थिए ।

यस्तै अर्का ब्याट्सम्यान रोहन मुस्ताफाले ६० रन बनाए । ४२ बल खेलेका रोहनले समान ४ छक्का र प्रहार गरे । १२ रन जोड्दा पहिलो विकेट गुमाएको धनगढीको इनिङ्स सुनिल धमला र रोहन मुस्तफा ले सम्हाल्दै ठूलो स्कोर सम्म पुर्याउन महत्त्वपूर्ण योगदान गरेका थिए । जस मा दोस्रो बिकेट्का लागि धमला र रोहन मुस्तफा बिच ९० बलमा १ सय ४२ रनको साझेदारी भएको थियो जुन प्रतियोगिता को हाल सम्मै कै ठूलो साझेदारी हो । यस्तै ओपनर ब्याट्सम्यान अस्फाक एहमेद ४ रनमा आउट हुदाँ टिम का कप्तान सोमपाल कामी ८ रनमा अबिजित रहे भने । सोनु तामाङ बिना खाता खोली शून्य रनमा पवेलियन फर्किएका थिए ।

बलिगं तर्फ काठमाडौं का सुवोध भाटी ले २ विकेट लिए भने सन्नी पटेलले १ विकेट लिएका थिए ।

उपाधि संगै टिम चौराहा धनगढि ले २५ लाख प्राप्त गरेको छ भने उपबिजेता काठमाडौ गोल्डेन्सले १० लाख पुरस्कार प्राप्त गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्