onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

क्रिकेटर करन केसीलाई रेड रक स्पोर्ट्सको प्रायोजन

असार २१ , अनलाईन खेलखबर ।। मेरठ स्थित भारतीय क्रिकेट निर्माण कम्पनि रेड रक स्पोर्ट्सले नेपाली राष्टिय क्रिकेटर करन केसीलाई प्रायोजन गरेको छ ।

आज काठमाण्डौमा एक कार्यक्रम गरी कम्पनीले करनलाई १ वर्षको लागी प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको हो । सम्झौता अनुसार अब करनले कम्पनिबाट उत्पादन हुँने साग्रामीहरु प्राप्त गर्नेछन ।

कम्पनीले यसअघि युवा क्रिकेटर भिम सार्कीलाई प्रायोजन गरेको थियो । उनलाई डिसेम्बरमा ३ बर्षको लागि प्रायोजन गरेको थियो ।

आधिकारिक हस्ताक्षर कार्यक्रममा राष्ट्रीय क्रिकेट टीम के कप्तान पारस खड़काको सहभागिता समेत रहेको थियो । रेड रक स्पोर्ट्स सन् २००७ मा स्थापना भएको कम्पनि हो ।

कम्पनीले उत्पादन गरेको सामाग्री सचिन तेंदुलकर, वीरेंद्र सहवाग, युवराज सिंह, महेन्द्र सिह धोनी र रोबिन उथप्पा जस्ता खेलाडीले प्रयोग गर्दै आएका छन । कम्पनीले चाडैनै काठमाण्डौमा शाखा बिस्तार गर्ने पनि बताएको छ ।

प्रायोजन पछि क्रिकेटर करन केसीले प्रायोजनबाट खुशी लागेको बताए । हामीलाई अझ राम्रो गर्नमा साथले हौसला प्रदान हुने बताए । उनले प्रायोजक कम्पनीलाई धन्यबाद समेत दिए ।

प्रतिक्रिया दिनुहोस्