सिगाँपुरबिरुद्द रित गौतमद्रारा शतक प्रहार

सिगाँपुरबिरुद्द रित गौतमद्रारा शतक प्रहार

असार २० , अनलाईन खेलखबर ।। मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अर्थात एसीया कप छनोट प्रतियोगिता अन्तर्गत अहिले जारी सिगापुरबिरुद्दको रित गौतमले शतकीय पारी खेलेका छन ।

उनले १३१ बलको सामना गर्दै १० चौकाको मद्दतमा शतक पूरा गरेका छन ।

मलेसिया स्थित किनरारा ओभल क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर सुरुमा ब्याटिङ गरिरहेको छ । र ताजस्थितिमा नेपालले ४७.३ ओभरमा ४ विकेटको क्षतिमा २ सय ९० रन पूरा गरिसकेको अबस्था छ ।

अहिले मैदानमा रित गौतम र कुशल मल्ल रहेका छन । रितले शतकीय पारी खेल्दा निकै राम्रो ब्याटिंङ्ग गरेका खडक बहादुर बोहरा शतक प्रहार गर्नबाट चुके । रित र खडक बिच दोस्रो विकेटका लागि भने १३१ रनको साझेदारी हुँन पुगेको थियो ।

खडकले ९० बलको सामना गर्दै १२ चौकाको मद्दतमा ९० रननै बनाएका थिए ।

यता टिमले भने पहिलो विकेटका रुपमा पवन सरार्फलाई ४५ रनमा गुमाएको थियो । रित र पवन बिच ओपनिङ्ग ९२ रनको साझेदारी हुन् पुगेको थियो ।

यसपछि बिशाल बिक्रम केसी मात्र १ रन बनाएर आउट हुन् पुगे भने कप्तान रोहित कुमार पौडेल पनि सस्तैमा आउट हुने क्रममा ७ रन बनाए ।

समुह ‘ए ‘ मा रहेको नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गरेको थियो । यता सिगापुरले पनि आफ्नो पहिलो खेलमा चीनलाई पराजित गरेको हुँदा सेमिफाईनल पुगिसकेका दुई टिमको आजको खेलले समुहको बिजेता – उप विजेताको टूङ्गो लगाउने छ ।

तुलनात्मक रुपमा नेपाल भन्दा निकै कमजोर सिगापुरबिरुद्द नेपालले ठुलो योगफलतर्फ अग्रसर अहिले भईरहेको अबस्था छ ।

कुल ७ टिमको सहभागिता रहेको यो प्रतियोगिताको बिजेताले आगामी यु -१९ एसिया कपका लागि छनोट हुनेछ । नेपाल यस प्रतियोगिताको साबिकको विजेता समेत हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *