सिगाँपुरबिरुद्द खडकको अर्धशतक
असार २० , अनलाईन खेलखबर ।। मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अर्थात एसीया कप छनोट प्रतियोगिता अन्तर्गत अहिले जारी सिगापुरबिरुद्दको खेलमा खडक बहादुर बोहराले अर्धशतकीय पारी खेलेका छन ।
उनले ४२ बलको सामना गर्दै ९ चौकाको मद्दतमा अर्धशतक पूरा गरेका छन ।
मलेसिया स्थित किनरारा ओभल क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर सुरुमा ब्याटिङ गरिरहेको छ । र ताजस्थितिमा नेपालले २४.४ ओभरमा १ विकेटको क्षतिमा १ सय ५५ रन पूरा गरिसकेको अबस्था छ ।
अहिले मैदानमा रित गौतम र खडक बहादुर बोहरा रहेका छन । टिमले पहिलो विकेटका रुपमा पवन सरार्फलाई ४५ रनमा गुमाएको थियो । रित र पवन बिच ओपनिङ्ग ९२ रनको साझेदारी हुन् पुगेको थियो ।
समुह ‘ए ‘ मा रहेको नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गरेको थियो । यता सिगापुरले पनि आफ्नो पहिलो खेलमा चीनलाई पराजित गरेको हुँदा सेमिफाईनल पुगिसकेका दुई टिमको आजको खेलले समुहको बिजेता – उप विजेताको टूङ्गो लगाउने छ ।
तुलनात्मक रुपमा नेपाल भन्दा निकै कमजोर सिगापुरबिरुद्द नेपालले ठुलो योगफलतर्फ अग्रसर अबस्य पक्कै हुनेछ । त्यसको सुरुवाती संङ्गकेत् नेपालले देखाईसकेको छ ।
कुल ७ टिमको सहभागिता रहेको यो प्रतियोगिताको बिजेताले आगामी यु -१९ एसिया कपका लागि छनोट हुनेछ । नेपाल यस प्रतियोगिताको साबिकको विजेता समेत हो