onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

चीनमाथि शानदार जित निकाल्दै नेपाल यू-१९ इस्टर्न रिजन क्रिकेटको सेमिफाईनल प्रवेश

असार १८ , अनलाईन खेलखबर ।। मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अर्थात एसीया कप छनोट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा चिनमाथि शानदार १० विकेटले जित हासिल गरेको छ ।

यो शानदार जित संगै नेपाल प्रतियोगिताको सेमिफाईनल पुगेको छ । समुहमा चिनले लगातार दुई खेलमा पराजित् हुन् पुगेपछि सिगापुर र नेपाल सेमिफाईनल पुगेका हुन् ।अब समूह ‘ए ” को अन्तिम खेलमा नेपाल र सिगापुर मध्ये जसले जित हासिल गर्छ सो टिम समुह बिजेता बन्दै सेमिफाईनल पुग्नेछ । यो खेल शुक्रबार हुनेछ ।

खेलमा चिनले प्रस्तुत गरेको ५४ रनको विजयी लक्ष्य नेपालले मात्र ५ ओभरमै भेटायो । निकै झिनो लक्ष्य पछ्याएको नेपालको जितमा पवन सरार्फ र रित गौतमको ओपनिंङ्ग जोडिनै प्रयाप्त बन्यो । पवनले २१ बलको सामना गर्दै ६ चौका र ३ छक्काको मद्दतमा ४६ रनको योगदान गरे भने रितले १० रन बनाए ।

त्यसअघि मलेसिया स्थित किनरारा ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले टस जितेर सुरुमा बलिङ गर्ने निर्णय लिदै चिनलाई पहिले ब्याटिङ्गको निम्तो दिएको थियो ।

जसअनुसार नेपाली बलर सामु निरिह साबित हुने क्रममा चिनले २३.१ ओभरमा आफ्नो सबै विकेट गुमाएर मात्र ५३ रन बनाएको थियो । चिनका लागि गौओ गाओ र लिआंग चेन समान १३/१३ रन बनाउनु बाहेक अन्य खेलाडीहरुबाट दोहोरो अंक जोडन नसक्दा टिम कम स्कोरमा समिटिएको थियो ।

चिनको ब्याटिंङ्ग ध्वस्त पार्ने क्रममा नेपालका सागर ढकालले ६ विकेट हात पारे । ९.१ ओभर बलिङ्ग गरेका उनले ३ ओभर मेडन राख्दै १९ रन खर्चिएर उक्त विकेट लिँन सफल भएका थिए । यस्तै तिलक राज भण्डारीले ३ तथा कमल सिह एरिले १ विकेट लिएका थिए

यो प्रतियोगिताको बिजेताले आगामी यु -१९ एसिया कपका लागि छनोट हुनेछ । नेपाल यस प्रतियोगिताको साबिकको विजेता समेत हो ।

प्रतिक्रिया दिनुहोस्