onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

चिनबिरुद्द टस जितेर नेपाल बलिङ्गमा

असार १८ , अनलाईन खेलखबर ।। मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अर्थात एसीया कप छनोट प्रतियोगिता अन्तर्गत नेपालले अहिले आफ्नो पहिलो खेलमा चिनको सामना गरिरहेको छ ।

मलेसिया स्थित किनरारा ओभल क्रिकेट मैदानमा नेपालले टस जितेर सुरुमा बलिङ गर्ने निर्णय लिएको छ । र अहिले चिनले पहिले ब्याटिंङ्ग गरिरहेको छ ।

तुलनात्मक रुपमा नेपाल भन्दा निकै कमजोर चिनमाथि नेपालले आज ठुलो अन्तरले जित हासिल गर्ने कुरामा दुईमत छैन । चिन अघिल्लो खेलमा २८ रनमा अल आउट हुँदै सिगापुरसँग ८ विकेटले पराजित भईसकेको छ ।

यस्तोमा बलियो नेपाल सामु आज पनि पक्कै चिन निरिह साबित हुने छ ।

आगामी अगष्ट २८ देखी सेप्टेबर ८ तारिख सम्म श्रीलंकामा हुने यु-१९ एसीया कपमा सहभागिता हुने लक्ष्य सहित नेपाली युवाँ क्रिकेट टिम मलेसिया पुगेको छ ।

कुल ७ टिम सहभागिता रहेको प्रतियोगितामा दुई समुहमा बिभाजन गरी खेल तालिका तयार गरीएको छ । जसअनुसार नेपाल समुह ‘ए’ मा रहेको छ । यो समुहमा नेपाल सहित चिन र सिगापुर रहेको छ ।

भने समु ‘बि ‘ मा आयोजक मलेसिया सहित भुटान , हंङ्गकङ्ग र थाईल्याण्ड रहेको छ ।

समुह चरण पछि समुहका बिजेता र उप – बिजेता प्रतियोगिताको सेमिफाईनल प्रबेश गर्नेछन । सेमिफाइनल खेल २३ गते हुनेछ भने प्रतियोगिताको फाईनल २४ गते हुनेछ ।

यो प्रतियोगिताको बिजेताले आगामी यु -१९ एसिया कपका लागि छनोट हुनेछ । नेपाल यस प्रतियोगिताको साबिकको विजेता समेत हो ।

प्रतिक्रिया दिनुहोस्