onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पाकिस्तान सामु झुक्दा एसिया कप को स्थान परिवर्तन , भारत बाट युएई पुग्यो : नेपाल का लागि टेस्ट रास्ट्र सगँ खेल्ने एउटा सुनौलो मौका

चैत्र २८ , अनलाईन खेलखबर || एसियन क्रीकेट काउन्सिल ( एसिसि ) को पुर्ब निर्धारित एशिया कप भारत मा हुने भनिएको भएता पनि अहिले आएर यस्को स्थान परिवर्तन भएको छ , जसको आयोजना अब युएई ले गर्नेछ ।

पछिल्लो भारत र पाकिस्तान बिचको राजनितिक अस्थिरता का कारण देखाउदै आउदो सेप्टेम्बर १३ देखि २८ सम्म सन्चालन हुने एसिसी एसिया कप भारत बाट युएईमा सरेको छ ।

मङ्गलबार पाकिस्तान को लाहोरमा बसेको एसीसीको बोर्ड बैठकले सिनियर र जुनियर स्तरको एशिया कपको आयोजना स्थल र मिती तय गरेको हो ।

एकदिवसीय एसिया कप मा एसिया का टेस्ट मान्यता प्राप्त देश भारत, पाकिस्तान , बङलादेश , श्रीलंका र अफगानिस्तान खेल्नेछ्न भने एक एसोसियट टिम लाई पनि छ्नोट गराईनेछ । जसका लागि क्वालिफायर बाट नेपाल सहित युएई, हङकङ, सिंगापुर, मलेसिया र ओमान बिच बाट उत्कृष्ट एक छ्नोट हुनेछ ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) तथा एशियन क्रिकेट काउंसिल (एसीसी) का चियरम्यान नजम सेठी का अनुसार पाकिस्तान र भारत बिचको राजनितीक अस्थिरता लाई ध्यान मा राख्दै प्रतियोगिता को आयोजना युएई लाई दिईएको बताएका छ्न । यसका साथसाथै २०१८ मै हुने इमर्जिंग एशिया कप अब पाकिस्तान र श्रीलंका द्वारा संयुक्त रूप मा आयोजना गर्नेछ्न । भने यस सालको अन्तिम तिर हुने
एसीसि को वार्षिक साधारण सभा पाकिस्तान मै हुने तय गरिएको छ ।

भने यस बिषय मा भारतिय क्रीकेट बोर्ड( बिसिसिआई ) ले कुनै प्रतिक्रिया जनाएको छैन ।

प्रतिक्रिया दिनुहोस्