onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट

म भन्दा पनि सोमपाल दाईको लागि धेरै खुशी छु : सन्दिप लामिछाने

असार ६ , अनलाईन खेलखवर || क्यानडाको प्रतिष्ठित क्रीकेट लिग ग्लोबल टि – ट्वान्टी लिगमा लगातार दोस्रो पटक अनुबन्धित भएपछि पहिलो पटक सन्चारकर्मीहरु सगँ कुराकानी गर्ने क्रममा स्टार क्रीकेट सन्दिप लामिछानेले म भन्दा पनि सोमपाल दाईका लागि खुशी लागेको बताएका छ्न ।

शुक्रबार काठमाडौमा सन्चारकर्मीसगँको भेटघाट कार्यक्रममा उनले उक्त भनाई राखेका थिए । उनले थप्दै मेरो एउटा् चाहाना थियो म लगायत अरु खेलाडीहरु पनि आउँन , खेलुन मलाई लाग्थ्यो । सायद अझै परिवर्तन हुनेवाला छ । उनले भने ”

त्यसैमा उनले थप्दै भने एउटा खेलाडी लगातार खेलिरहेको थियो , अहिले एकजना थपिएको छ , अझै बाकी समयमा अन्य खेलाडीहरु पनि खेक्न सक्छ्न उनको आशय रहेको थियो ।

जसका लागि आफुहरुको तर्फवाट जे हुनसक्छ हामी त्यसका लागि सक्दो साथ दिदै उकास्न मद्दत गर्ने बाचा समेत उनले गरेका थिए ।
भिडियोमा हेर्नुहोस
जति हुन् सक्छ आफ्नो तर्फवाट राम्रो गर्ने बताउदै म खेल्दै थिए राम्रो खेलेपछी सायद नेपालबाट नेपाली खेलाडी थप्नुपर्छ भन्ने विश्वास उत्पन्न भयो र सोमपाल दाईलाई छ्नोट गर्यो मलाई यस्तो लाग्छ ।ब्यस्तै मलाई यो पनि लाग्छ दाईले मौका पाएपछि पक्कै राम्रो गर्नुहुनेछ मलाई त्यो कुरामा पुर्ण बिश्वास छ !उनले यसरि आफ्ना भनाई राखेका थिए ।

यता पहिलो पटक विदेशी लिगमा अनुनधित भएका सोमपाल कामीले धेरै खुशी लागेको र आफ्नो तर्फवाट अहिले सम्म जति मेहनत गरेको छु ” त्यसले गर्दा मलाई लाग्छ केही न केही राम्रो पक्कै हुनेछ र राम्रो गर्ने प्रयास मेरो रहने छ उनको यस्तो भनाई थियो ।

आउदो २५ जुलाईदेखि ११ अगस्टसम्म क्यानाडामा हुँने यस सस्करणको ग्लोबल टि – ट्वान्टीमा सन्दिप ठुलो रकममा टिममा अनुबन्धित भएका छन । उनलाई यसपटक ग्लोबल टी – ट्वान्टीको टोरोन्टो नेशनले ६० हजार अमेरिकी डलरमा अनुबन्धित गरेको छ ।
भिडियोमा हेर्नुहोस
उनको टिममा ब्रेंडन मैकुलम, ट्रेन बोल्ट , क्रिस ग्रीन, चिराग सुरी लगायत भारतका चर्चित खेलाडी युवराज सिह समेत रहेका छन् ।

यसअघि उनि अघिल्लो सस्करणमा मोन्ट्रेल टाइगर्सबाट ५ खेल खेल्दै ८ विकेट लिएका थिए । उनलाई त्यस बेला पनि ठुलो रकममा अनुबन्धित गरेको थियो उनले ४० हजार अमेरिकी डलर प्राप्त गरेका थिए ।

यस्तै पहिलो पटक बिदेशी लिगमा ढोका खेलेका नेपाली राष्टिय क्रिकेटका महत्वपुर्ण सदस्य युवा खेलाडी सोमपाल कामिलाई ग्लोबल टि – ट्वान्टीका लागी विनिपेग हक्सले करिव ३ हजार अमेरिकन डलरमा ड्राफ्टमार्फत छनोट गरेको छ ।

अब उनि अन्तराष्टिय चर्चित अनुहार सगैं खेल्ने अबसर र अनुभव प्राप्त गर्ने मौका पाउने छन । उनको टिम विनिपेग हक्स क्रिस लिन , ब्राब्रो , जेपी डुमिनी , उमर अकमल , नाजीबुल्ला जार्दन , रमिज शाहजाद जस्ता खेलाडिहरु रहेका छन ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *