onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट

नेपाली राष्टीय क्रीकेट टीम तयारीमा जुट्यो

असार ५ , अनलाईन खेलखबर ।। अर्को वर्ष अष्ट्रेलियामा हुने आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटको छनोट अन्तर्गत एसिया फाइनल छनोटका लागि नेपाली राष्टिय क्रिकेट टोलिले आफ्नो तयारीमा आज बिहिवार देखि जुटेको छ ।

फाईल फोटो

जुलाई २० देखि २८ तारिख सम्म सिगापुरमा हुने एसिया छनोट प्रतियोगिताका लागि नेपालले आज देखी बन्द प्रशिक्षण सुरु गरेको हो । बन्द प्रशिक्षणमा २५ जना खेलाडीलाई बोलाईएको छ ।

जसमा कप्तान पारस खडका सहित अभिनाश बोहारा , अमित श्रेष्ठ , बसन्त रेग्मी , भिम सार्की , बिनोद भण्डारी , दिपेन्द्र सिह एरि , ज्ञानेन्द्र मल्ल , जितेन्द्र सिह मुखिया , करन केसी , कुशल भुत्तेल , ललित भण्डारी , ललित राज बम्शी , मोहम्मद आरिफ शेख , नन्दन यादब , पवन सरार्फ , प्रदिप एरि , राजु रिजाल , रोहित कुमार पौडेल , सन्दिप लामिछाने ,शाहब आलम , शरद भेषवाकर ,सोमपाल कामि , सन्दिप जोरा र शुशन भारी रहेका छन ।

प्रतियोगिताको मिति नजिकिदै गर्दा नेपालले आज पहिलो दिन त्रिवि अन्तराष्टिय क्रिकेट मैदान कीर्तिपुरमा ब्याटिंङ्ग र फ़िल्डिङ्गमा सुरुवाती अभ्यास गर्यो । नेपालले केहि दिन स्वदेशमै तयारी गरेपछि थप तयारीका लागि मलेसिया जाने कुरा रहेको छ । आईसीसीलाई नेपालले प्रस्ताब राखीसकेको छ आईसिसीले स्वीकृत दिएमा नेपाल मलेसिया भ्रमणमा जानेछ ।

प्रतियोगितामा आयोजक सिगापुर सहित नेपाल, कतार, मलेसिया र कुबेत रहेको छ । खेल तालिका अनुसार नेपालले २३ जुलाईमा कतार बिरुद्द खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । भने जुलाई २४ मा मलेसियाको सामना गर्नेछ । यस्तै तेस्रो खेलमा जुलाई २७ मा कुबेतको सामना गर्नेछ भने अन्तिममा आयोजक सिगापुर सँग जुलाई २८ मा नेपालले खेल्नेछ ।

प्रतियोगिताको शिर्षस्थानमा आउने टोलीले बिश्वकप छनोटको अन्तिम खुडकिलोको रुपमा रहेको ग्लोबल छनोटमा सहभागिता जनाउने छ । जुन प्रतियोगिता युएईमा आयोजना हुनेछ । १४ टिम सहभागी ग्लोबल टी ट्वान्टी छनोटबाट उत्कृष्ट ६ टिमले आगामी वर्षको अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म अष्ट्रेलियामा हुने टी ट्वान्टी विश्वकपमा स्थान बनाउने छन ।

यसअघि मलेसियामा भएको बिश्वकप छ्नोटको पहिलो चरणमा रहेको एसिया ( पूर्वी ) छ्नोट प्रतियोगितामा नेपाल प्रतियोगिताको च्याम्पियन बन्दै दोस्रो चरणमा प्रवेश गरेको थियो ।

कुल ७ टिम सहभागिता रहेको छ्नोट प्रतियोगिताको अंकतालिकाको सिर्षस्थानको टोलि लाई च्याम्पियन को रुपमा मानिएको थियो । नेपाल प्रतियोगिता भर अपराजित रह्दै एसिया फाइनल छनोट प्रतियोगिताको लागि छनोट समेत भएको हो । भने प्रतियोगिताको प्राबधान अनुसार नेपाल सहित अंकतालिकामा दोस्रोमा रहेको सिगापुर र तेस्रोमा रहेको मलेसिया नेपाल सगैँ बिश्वकप छ्नोटको यो चरण सम्म आईपुगेका हुन् ।

यी १४ देश मध्ये शीर्ष ६ मा स्थान बनाउने टोली विश्वकपका लागि छनोट हुनेछ । कठिन बाटो छ तर नेपालको लागि भने पक्कै राम्रो अवसर हुनेछ । नेपालले यसअघि एक पटक विश्वकपमा सहभागी जनाईसकेको छ ।

सन् २०१४ मा बंगलादेशमा भएको टी ट्वान्टी विश्वकपमा नेपाल खेलेको थियो । जसमा नेपालले हंगकंग र अफगानिस्तान माथि शानदार जितसमेत हासिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *