onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

अष्टेलियालाई गाह्रो : बंगलादेशको ठुलो चुनौती रहने

असार ५ , अनलाईन खेलखबर ।। सेमिफाईनल पुग्ने लक्ष्य बनाईरहेको बंगलादेशले आज विश्वकपको उपाधि दाबेदार अष्टेलियाको सामना गर्दैछ ।

साबिकको विजेता अष्टेलिया र बङ्गलादेश बिच आज दिउसो सवा ३ बजेपछि हुने खेलमा दुवै टिम स्पष्ट जितको खोजीमा रहने छन । हाल सम्म अष्टेलियाले ५ खेलवाट ४ खेलमा जित र १ मा हार संगै अहिले ८ अंकसहित अंकतालिकामा तेस्रो स्थानमा रहेको छ ।

भारत सँग पराजित भएको अष्टेलियाले अन्य खेलमा स्पष्ट प्रदशन गर्दै जित हासिल गरेको थियो । पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै शानदार सुरुवात गरेको थियो । यस्तै लगातार दोस्रो जित हासिल गर्ने क्रममा अष्टेलियाले वेस्ट ईण्डिजलाई १५ रनले पराजित गरेको थियो ।

तर तेस्रो खेलमा भने अष्टेलिया भारत सँग निराश हुन् पुग्यो । सो खेल भारतले एकपक्ष तरिकाले जित हासिल गर्ने क्रममा ३६ रनले पराजित गरेको थियो । चौथो खेलमा भने अष्टेलियाले राम्रो कमब्याक गर्दै पाकिस्तानलाई ४१ रनले पराजित गरेको थियो । भने अघिल्लो खेलमा श्रीलंका लाई ८७ रनले पराजित गरेको थियो ।

यता अष्टेलियाको आजको प्रतिष्पर्दी बंगलादेशको पनि प्रदशन सन्तोषजनक नै भन्नु पर्छ । समान ५ खेल खेलेको बंगलादेश २ मा जित र २ मा हार र १ खेल रद्द संगै ५ अंकसहित अंकतालिकामा पाचौं स्थानमा रहेको छ । पहिलो खेलमा दक्षिण अफ्रिकालाई २१ रनले पराजित गर्दै विश्वकपमा सुखद सुरुवात गरेको बङ्गलादेश दोस्रो खेलमा भने न्युजील्याण्ड सँग पराजित हुन् पुगेको थियो ।

न्युजील्याण्डले बंगलादेशलाई २ विकेट ले पराजित गरेको थियो । भने तेस्रो खेलमा ईङ्गल्याण्ड सँग भने १०६ रनको बिशाल अन्तरले पराजित भएको थियो । भने चौथो खेलमा वर्षाले प्रभावित गरेको खेलमा श्रीलका संग अंक बाडेको थियो भने अघिल्लो खेलमा वेस्टईण्डिज लाई ७ विकेटले सहज तरिकाले जित हासिल गरेको थियो ।

सेमिफाईनल पुग्ने सम्भावना जिवित राखेको बंगलादेशले अष्टेलिया पछि अफगानिस्तान , भारत र पाकिस्तान सँग खेल्न बाकि रहेको छ । तर आजको खेलमा बंगलादेशको प्रदशन कस्तो रहने छ त्यो मुख्य कुरा हुन् आउछ ।

तुलनात्मक रुपमा आज हुने खेलमा अष्टेलियानै पूर्ण हाबी हुन् सक्छ तर बंगलादेशको क्षमता भने पक्कै रहेको छ कम छ तर बंगलादेशले निराश बनाउन भने सक्ने टिमको रुपमा आफुलाई उभाएको छ ।

प्रतिक्रिया दिनुहोस्