onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

लगातार चौथों जित हासिल गर्दै न्युजिल्याण्ड अंकतालिकाको पहिलो स्थानमा उक्लियो

असार ५ , अनलाईन खेलखबर ।। लगातार चौथों जित हासिल गर्दै न्युजिल्याण्ड ईङ्गल्याण्ड र वेल्समा जारी १२ औँ सस्करणको आईसीसी एकदिवासिय विश्वकपको अंकतालिकाको पहिलो स्थानमा उक्लिएको छ ।

बुधवार राती सम्पन्न विश्वकपको २५ औँ खेलमा ४ विकेटले जित हासिल गर्ने क्रममा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको २ सय ४२ रनको विजयी चुनौती पछ्याउदै जवाफी ब्याटिंङ्ग गरेको न्युजिल्याण्डले उक्त चुनौतीलाई ४८.३ ओवरमा ६ विकेटको क्षतिमा भेटायो ।

न्युजिल्याण्डको जितमा कप्तान केन विलियमसनको सतकीय पारिले ठुलो भूमिका निर्बाह गर्यो । १३८ बलको सामना गरेका उनले ९ चौका र १ छक्कामा अविजित रहदै १०६ रन बनाए । तेस्रो नम्बरमा ब्याटिंग गर्न आएका उनले टिमलाई जित तर्फ पुर्याउन सफल भए ।

यस्तै न्युजिल्याण्डले पहिलो विकेटमा कॉलिन मुनरोलाई ९ रनमा गुमाएको भएपनि अर्का ओपनर ब्याट्सम्यान मार्टिन गुप्टिलले ३५ रन जोडे । भने कॉलिन डी ग्रैंडहोमेले ६० तथा जेम्स नीशमले २३ रन बनाए ।

बलिङ्ग तर्फ दक्षिण अफ्रिकाका क्रिस मोरिसले सर्बाधिक ३ विकेट तथा कागिसो रबाडा,लुन्गी निडी र एंडिले फेहलुकवेओले समान १/१ विकेट हात पारे ।

त्यसअघि एजबेस्टन बर्मिंघममा भएको खेलमा न्युजिल्याण्डले टस जितेर दक्षिण अफ्रिकालाई पहिले ब्याटिंङ्गको निम्तो दिएको थियो । जसअनुसार दक्षिण अफ्रिका ४९ ओवरमा आफ्नो सबै विकेट गुमाएर २ सय ४१ रन बनाएको थियो ।

दक्षिण अफ्रिकालाई सम्मानजनक स्कोर बनाउदाँ रस्सी वैन डेर डूसनले सर्बाधिक स्कोर गरे । ६४ बलको सामना गरेका उनले २ चौका र ३ छक्काको मद्दतमा अविजित रहेर ६७ रनको योगदान गरे ।

यस्तै हसिम अमलाले ५५ रन , मार्करामले ३८ रन र डेविट मिलरले ३६ रन बनाएका थिए ।

बलिङ्गमा न्युजील्याण्डका ल्योकी फ्ग्र्युसनले सर्बाधिक ३ विकेट लिन सफल भए भने टेन्ट्र बोल्ट,कोलिन डी ग्राण्डहोम र मिचेल सास्टनरले पनि समान १ /१ विकेट लिएका थिए ।

यो जित सगै अपराजित् रहेको न्युजील्याण्ड ५ खेलवाट ४ मा जित र १ खेल वर्षाको कारण रद्द हुदाँ १ अंक जोडेको न्युजिल्याण्ड अहिले ९ अंकसहित अंकतालिकामा पहिलो स्थानमा उक्लिएको छ । र सेमिफाईनल नजिक पुगेको छ । भने दक्षिण अफ्रिका सेमिफाईनल दौड वाट बाहिरिने लगभग तय जस्तो भएको छ । दक्षिण अफ्रिकाको ६ खेलवाट मात्र ३ अंक रहेको छ र अंकतालिकामा आठौ स्थानमा रहेको छ ।

यस्तै विश्वकप अन्तर्गत २६ औं खेलमा आज अष्टेलियाले बंगलादेशको सामना गर्दैछ । खेल नेपालि समय अनुसार दिउसो सवा ३ बजेपछि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्