onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

उप -कप्तान ज्ञानेन्द्र मल्ल कोशी मल्टिपल कलेजको सद्भावनादूत नियुक्त

असार ४ , अनलाईन खेलखबर ।। बिराटनगरमा रहेको कोसी मल्टीपल कलेजले नेपाली राष्टिय क्रिकेट टिमका उप -कप्तान ज्ञानेंद्र मल्ललाई आफनो सद्भावनादूतको रुपमा नियुक्त गरेको छ ।

पछिल्लो समय नेपाली राष्टिय क्रिकेट टिमले अन्तराष्टिय स्तरमा हात पारेको सफलता र ति सफलतामा ज्ञानेन्द्र मल्लले उप कप्तानको हैसियत बाट ठुलो योगदान तथा भूमिका रहेको भन्दै क्याम्पसले उनलाई सद्भावनादूतको रुपमा नियुक्त गरेको जानकारी गराएको छ ।

आज बिराटनगरमा एक कार्यक्रम गरी मल्ल सँग क्याम्पसले ५ बर्ष सम्मका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । जसवाट क्याम्पसले नेपाली क्रिकेटको बिकाशमा योगदान पुर्याउन यस कदमलाई अबसरको रुपमा लिएको छ ।

प्लस टु देखि स्नातकोत्तर तहसम्म अध्यापन हुने यस क्याम्पसले शिक्षा सगैं खेलकुदलाई पनि अधी बढाउने उदेश्य लिएको र यसको थालनी मल्लवाट भएको क्याम्पसको धारणा रहेको छ ।

यस्तै मल्ल सँग सम्झौता संगै क्याम्पसले पनि निकट भविष्यमा राष्टिय स्तरको कलेज प्रतियोगिता आयोजना गर्ने समेत जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्