onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

प्रधानमन्त्री महिला टि – २० आज बाट सुरु : उद्गघाटन खेलमा सुदुरपश्चिमले गण्डकी प्रदेशको सामना गर्ने

असार ४ , अनलाईन खेलखबर ।। राष्टिय खेलकुद परिषद ( राखेप )को आयोजना तथा महाकाली स्पोर्ट्स सोसाइटीको ब्यबस्थापनमा आज देखी महेन्द्रनगरमा प्रधानमन्त्री महिला टि – २० राष्ट्रिय क्रीकेट प्रतियोगिता हुदैछ ।

जसमा अबको केहि समय पछि उद्गघाटन खेलमा सुदुरपश्चिमले गण्डकी प्रदेशको सामना गर्नेछ । प्रतियोगिता जेठको अन्तिमवाट सुरु गरिने भनिएको भएतापनि प्राबिधिक कारणले गर्दा केहि दिन पछि सार्दै आज बाट प्रतियोगिता सुचारु गरिन लागिएको छ ।

असार ११ गते सम्म चल्ने प्रतियोगितामा ७ प्रदेश तथा १ विभागीय टिम एपीएफको सहभागिता रहने प्रतियोगितालाई दुई समुहमा बिभाजन गरिएको छ । जसमा समुह ‘ ए ‘ मा सुदुरपश्चिम, एपीएफ , प्रदेश ५ र गण्डकी प्रदेश रहेका छन । भने समुह ‘ बि ‘ मा प्रदेश १,२,३ ए कर्णाली प्रदेश रहेका छन ।

समुहका बिजेता र उप -बिजेता प्रतियोगिताको सेमिफाईनल प्रवेश गर्नेछन । असार १० गते हुने सेमिफ़ाईनल खेलमा समुह ‘ए ‘को बिजेताले समुह ‘बि ‘ को उप – बिजेता सँग प्रतिष्पर्दा गर्नेछ । भने समुह ‘बि ‘ को बिजेताले समुह ‘ए ‘ को उप बिजेता सँग प्रतिष्पर्दा गर्नेछ । प्रतियोगिताको फाईनल खेल असार ११ गते हुनेछ ।

प्रतियोगिताको विजेताले ५ लाख तथा उपविजेताले ३ लाख प्राप्त गर्नेछन । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले ३० हजार प्राप्त गर्नेछिन् । भने विधागत रुपमा उत्कृष्ट हुनेलाई जनही समान १५/१५ हजार नगद प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्