onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

भारत बिरुद्द खराब रेकर्ड सुधार्न पाकिस्तानलाई आज मौका तर ठुलो चुनौती

असार १ , अनलाईन खेलखबर ।। अन्तत त्यो प्रतीक्षाको दिन आएको छ , विश्व क्रिकेटको सबैभन्दा चर्चित भारत र पाकिस्तान बिचको खेल जारी विश्वकपमा आज हुदैछ ।

भारत र पाकिस्तानको खेल भन्ने बित्तिकै खेलाडीलाई भन्दा धेरै समर्थकहरुलाई छुन्छ । क्रिकेट दुबै देशमा यति चर्चित छ त्यो समय क्रमले देखाई रहेको हुन्छ । यसमा भारत र पाकिस्तान बिचको सम्बन्धका कारण यो खेल अझ चर्चित हुन् गर्छ । कतिले यसलाई राष्टियता सँग जोडेर पनि ह्रेने गर्छन ।

त्यसकारण अन्य खेल भन्दा यी दुई बिचको खेलमा छुट्टै रौनक थपिरहेको हुन्छ । खेलका दौरान खेल समर्थक , स्वयम खेलाडी , भारतीय र पाकिस्तानी संचारमाध्यम हेर्न लायक हुन्छ । दुबै पक्ष ! को भन्दा को कम भन्ने आफ्नो धारणा राखिरहेका हुन्छन ।

यसैले यसलाई अझ खास बनाएर हेरिन्छ । र आज हुने खेलपनि त्यसैको निरन्तरता स्वरुपनै रहने छ । अहिले माहोल बनिसकेको छ , आफ्नो टिमले जित्ने आधारहरु पेश गर्दै यसको चर्चा परिचर्चा हुने क्रम जारी रहेको छ ।

नेपाली समय अनुसार दिउसो सवा ३ बजेपछि मैनचेस्टरमा हुने खेल दुवै टिमका लागि उतिकै महत्वपुर्ण रहेको छ । भारतले जारी विश्वकपमा अहिले सम्म ३ खेल खेलिसकेको अबस्था छ । जसमा २ खेल आफ्नो पक्षमा पार्दा खेल १ खेलमा भने अंक बाडेको थियो । र भारत अहिले अंकतालिकामा ५ अंकसहित चौथो स्थानमा रहेको छ ।

भारतले आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा विश्वकपको उपाधि दाबेदार मध्यको एक अष्टेलियालाई ३६ रनले निराश बनाएको थियो यस्तै न्युजिल्याड बिरुद्दको तेस्रो खेल भने बर्षाले प्रभावित गरेपछि खेल रद्द हुन् पुगेको थियो ।

यता पाकिस्तानले ४ खेलबाट मात्र एक खेल जितेको छ । १ खेल रद्द हुदाँ अंक बाडेको थियो भने २ खेलमा पराजित हुन् पुगेको थियो । पहिलो खेलमा वेस्ट ईण्डिज सँग पाकिस्तान ७ विकेटले पराजित हुन् पुगेको थियो । भने विश्वकपको दाबेदार मध्यको एक ईङ्गल्यांण्डलाई भने पाकिस्तानले १४ रनले पराजित गरेको थियो । यस्तै तेस्रो खेल श्रीलका बिरुद्द यो खेल भने बर्षाले प्रभावित गरेपछि रद्द हुन् पुगेको थियो ।

यसपछि पाकिस्तान अघिल्लो खेलमा अष्टेलिया सँग ४१ रनले पराजित भएको थियो ।

यता अहिले सम्मको आकड़ा हेर्ने हो भने भारत विश्वकप पाकिस्तान माथि सदैभ हाबी हुदैं आएको छ । हाल सम्म विश्वकपमा ६ पटक भेट हुदा सबै खेल भारतले जितेको छ । र आज पनि भारत सोहि कुरालाई दोराउन चाहने छ । भने पाकिस्तान भने खराब रेकर्ड माथि ब्रेक लगाउन चाहन्छ । मौका छ त्यसको धेरै चुनौती पनी उतिक्कै रहेको छ ।

जारी विश्वकपमा तुलनात्मक रुपमा भारत भन्दा पाकिस्तान केहि तल देखिएको भएपनि पाकिस्तान क्षमता भन्ने राख्छ जसको उदारण बलियो ईङ्गल्याण्डलाई हराउनु हो ।

प्रतिक्रिया दिनुहोस्