onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

श्रीलंकालाई पराजीत गर्दै अष्टेलिया अंकतालीकाको पहिलो स्थानमा उक्लियो

जेठ ३२ , अनलाईन खेलखबर ।। ईङ्गल्याण्ड र वेल्समा जारी १२ औँ सस्करणको आईसीसी एकदिवसिय विश्वकपको प्रमुख दाबेदार अष्टेलियाले प्रतियोगितामा चौथो जित हासिल गर्दै अहिले ८ अंकसहित अंकतालिकामा तेस्रो स्थान बाट् पहिलो स्थानमा उक्लिएको छ । आज सनिवार श्रीलकामाथि ८७ रनको जित हासिल गरेपछि अष्टेलिया पहिलो स्थानमा उक्लिएको हो ।

खेलमा अष्टेलियाले प्रस्तुत गरेको ३ सय ५४ रनको ठुलो लक्ष्य पछ्याउदै जवाफी ब्याटिंग गरेको श्रीलका ४५.५ ओवरमा आफ्नो सबै विकेट गुमाएर २ सय ४७ रनमा सिमित हुन् पुगेपछि खेल अष्टेलियाले आफ्नो पक्षमा पार्न सफल भयो ।

सुरुवात राम्रो गरेको भएपनि श्रीलकाका मध्य क्रमका ब्याट्सम्यान चल्न नसक्दा टिमले अष्टेलिया सँग पराजित हुन् पुग्यो । एक समय श्रीलकाले ३२.१ ओवरमा मात्र ३ विकेट गुमाएर १ सय ८६ रन बनाईसकको थियो ।

अष्टेलियालाई हम्मेहम्मे बनाईसकेको अबस्थामा श्रीलका चुक्न पुग्यो । तेस्रो विकेट पछि टिमको विकेट क्रमश पतन हुदै गएको थियो ।

राम्रो सुरुवात दिने क्रममा श्रीलकाका कप्तान दिमुथ करुणारत्ने र कुसल परेराले ओपनिङ्ग ११५ रनको साझेदारी गरेका थिए । पहिलो विकेटका रुपमा पभेलीयन फर्किएका कुसल परेराले अर्धसतकिय ५२ रन बनाए । स्टार्कको बलमा आउट भएका उनले ३६ बलको सामाना गर्दै ५ चौका र १ छक्काको मद्द्तमा ५२ रन बनाए ।

यस्तै दोस्रो विकेटका रुपमा टिमले लहिरु थिरिमनेलाई व्यक्तिगत १६ रनमा गुमाएको थियो । उनि आउट भएपछी ठुलो विकेटका रुपमा दिमुथ करुणारत्ने लाई टिमले गुमायो । ईनिङ्गको सर्बाधिक धेरै रन बनाएका उनि सतक बाट भने चुके । १०८ बलको सामना गरेका उनले ९ चौकाको मद्दतमा ९७ रनको योगदान गरे ।

यसपछि कुशल मेण्डिजले ३० रन बनाउनु बाहेक अन्य खेलाडीबाट उलेख्य योगदान हुन् नसक्दा टिम पराजित हुन् पुग्यो ।

बलिङ्गमा अष्टेलियाका लागि स्टार्कले सर्बाधिक ४ विकेट हात पारे भने केन रिचर्डसनले ३ तथा पैट कमिंसले २ र जेसन बेहरेनडॉर्फले १ विकेट लिएका थिए ।

त्यसअघि केनिंग्टन ओवल लण्डनमा भएको खेलमा टस हारेर पहिले ब्याटिंङ्ग गरेको अष्टेलियाले कप्तान आरोन फिंच को शानदार सतकीय १५३ रनको पारीको मद्दतमा निर्धारित पुरै ५० ओवर खेल्दै मात्र ७ विकेटको क्षतिमा ३ सय ३४ रनको ठुलो योगफल खडा गरेको थियो ।

सुरुवात देखिनै राम्रो लयमा ब्याटिंङ्ग गरेको अष्टेलियाले पहिलो विकेटका रुपमा ८० रनको ओपनिंग साझेदारी पाएको थियो । डेविट वार्नर र कप्तान आरोन फिंच टिमका लागि ठोस सुरुवात दिलाएका थिए ।

पहिलो विकेटका रुपमा पभेलियन फर्किएका वार्नरले २६ रन बनाए । वार्नर पछि उस्मान ख्वाजा १० रन बनाएर आउट हुन् पुगेपनि तेस्रो विकेटका लागी फिंच र स्मिथ बिच १७३ रनको साझेदारी हुन् पुगेपछी टिम ठुलो स्कोर तर्फ अग्रसर भएको थियो ।

ईनिङ्गको ४२.४ ओवरमा टिमको स्कोर २७३ रन हुदा शानदार ब्याटिंग गरिरहेका आरोन फिन्च १५३ रन बनाएर आउट हुन् पुगे । निकै आकर्षक ब्याटिंङ्ग गरेका उनले १३२ बलको सामना गर्दै १५ चौका र ५ छक्काको मद्दतमा उक्त रन बनाएका थिए ।

आरोन फिंच आउट भएसगै राम्रो ब्याटिंङ्ग गरिरहेका स्मिथ पनि आउट हुन् पुगे । उनले पनि टिमलाई पूर्ण न्याय गरे ५९ बलको सामना गरेका उनले ७ चौका र १ छक्काको मद्दतमा ७३ रनको योगदान पुर्याए ।

अन्त्यतिर ग्लेन मैक्सवेलले आक्रामक ब्याटिंङ्ग गर्दै अविजित रहदै ४६ रन बनाए ।

बलिङ्गमा श्रीलका का इसुरु उदाना र धनंजया डी सिल्वाले समान २/२ विकेट लिदाँ लसिथ मलिंगाले पनि १ विकेट लिन सफल भए ।

जारी विश्वकपमा उच्च लयमा रहेको अष्टेलियाले यसअघि आफ्नो पहिलो खेलमा अफगानिस्तान माथि ७ विकेटले जित हासिल गर्दै विश्वकपमा सुखद सुरुवात गरेको थियो ।

यसपछि अष्टेलियाले वेस्ट ईण्डिजमाथि १५ रनले जित हासिल गर्दा तेस्रो खेलमा भने भारत सँग ३६ रनले पराजित हुन् पुगेको थियो । त्यस्तै आफ्नो चौथो खेलमा अष्टेलियाले पाकिस्तानलाई ४१ रनले पराजित गरेको थियो ।

यता श्रीलंकाले पनि समान ४ खेलवाट ४ अंक जोड्दै अहिले अंकतालिकामा पाचौ स्थानमा रहेको छ । श्रीलंका पहिलो खेलमा न्युजील्याण्ड संग १० विकेटले पराजित भएको थियो । भने दोस्रो खेलमा अफगानिस्तानलाई ३४ रनले पराजित गर्दा पाकिस्तान र बंगलादेश सँग भने खेललाई बर्षाले प्रभावित गरेपछि १/१ अंक बाडेको थियो ।

प्रतिक्रिया दिनुहोस्