onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एसीया कपमा छनोट हुने लक्ष्य सहित नेपाली युवा क्रिकेट टोली तयारीमा जुट्दै ( फोटो फिचरसहित )

जेठ ३२ , अनलाईन खेलखबर ।। एसियन क्रिकेट काउन्सिल( एसीसी ) को आयोजनामा आगामी जुलाईमा मलेसियामा हुन् गईरहेको एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताका लागी अहिले नेपाली युवा क्रिकेट टोली आफ्नो तयारीमा जुटिरहेको अबस्था छ ।

बिहिवार देखी तयारीमा रहेको नेपाली युवा टोली सुरुमा लेग स्पिनरले अभ्यास गरेका थिए । जसमा नेपालका युवा क्रिकेटर सन्दिप लामिछानेको साथ रहेको थियो । उनले आफ्नो अनुभव खेलाडीहरु समक्ष साटेका थिए । जुन आज सनिवार पनि जारी रहेको थियो ।

करिव २४ जना जति खेलाडीहरुको सहभागिता रहेको बन्द प्रशिक्षणमा यसअघि मलेसियामा भएको यु -१९ विश्वकप छनोटका १८ जना र अन्डर सिक्टिनका केही खेलाडी समाबेश गरी बन्द प्रशिक्षण भईरहेको टिमका मुख्य प्रशिक्षक बिनोद दासले अनलाईन खेलखबरलाई जानकारी गराए ।

थप कुराकानी गर्ने क्रममा नेपाली टोली थप अभ्यासका लागि भारत भ्रमणमा जाने तयारी भईरहेको बताए । नेपालको प्रस्ताब र एसीसीको पहलमा नेपालले अभ्यासका लागि १० दिन अगाडीनै बिसिसीआई सँग प्रस्ताब राखेको भन्दै अब उता बाट जस्तो प्रतिक्रिया आउछ नेपालले सोही अनुरुप गर्नेछ ।

यदि बिसीसीआईले नेपालको प्रस्ताबलाई राजी गरेमा नेपाल भारत भ्रमणमा जानेछ । यदी यस्तो भएन भने नेपालले बाकि अभ्यास स्वदेशमानै गर्ने बताए ।

यता टिमको तयारी पनि हाल सम्म राम्रो भएको भन्दै प्रतियोगितालाई लिएर हामीहरु आफ्नो तर्फबाट ढुक्क छौ , तर फेरी अबस्थामा भर पर्नुपर्छ फेरी विश्वकप छनोटको जस्तो नदोरियला भन्न पनि ग्यारेन्टी सकिदैन तर आफ्नो तर्फवाट यस्तो हुन् दिदैनौ र यो प्रतियोगितामा आरामले जितेर आउँ उनको भनाई रहेको थियो ।

यस्तै टिमका कप्तान रोहित कुमार पौडेलले छोटो कुराकानी गर्ने क्रममा यस प्रतियोगितालाई लिएर आशाबादी र उपाधि उचाल्नेमा पूर्ण विश्वस्त समेत देखिएका थिए ।

कुल ८ टिम सहभागिता रहने प्रतियोगितामा दुई समुहमा बिभाजन गरी खेल तालिका तयार गरीएको छ । जसअनुसार नेपाल समुह ‘ए’ मा रहेको छ । यो समुहमा नेपाल सहित चिन , म्यानमार र सिगापुर रहेको छ ।

भने समुह ” बि ” मा आयोजक मलेसिया सहित भुटान , हंङ्गकङ्ग र थाईल्याण्ड रहेको छ ।

नेपालले प्रतियोगिताको सुरुवात जुलाई २ तारिखमा म्यानमार बिरुद्द खेल्दै गर्नेछ । भने दोस्रो खेल नेपालको जुलाई ५ तारिखमा सिगापुर बिरुद्द रहने छ । भने समुहको अन्तिम खेलमा नेपालले ६ तारिखमा चीनको सामना गर्नेछ ।

समुह चरण पछि समुहका बिजेता र उप – बिजेता प्रतियोगिताको सेमिफाईनल प्रबेश गर्नेछन । सेमिफ़ाईल जुलाई ८ तारिखमा हुनेछ भने प्रतियोगिताको फाईनल ९ तारिखमा हुनेछ । प्रतियोगिताको विजेता टोलीले आगामी यु -१९ एसिया कपमा छनोट हुनेछ ।

डिफ़ेण्डिङ्ग च्याम्पियन समेत रहेको नेपाल यसपटक पनि प्रतियोगिताको उपाधि उचाल्ने लक्ष्य सहित मलेसिया प्रस्थान गर्नेछ । तुलनात्मक रुपमा नेपाल अन्य टिम भन्दा धेरै माथि रहेको छ ।

अभ्यासका केहि तस्बिरहरु अबको क्रममा

प्रतिक्रिया दिनुहोस्