onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आजको दोस्रो खेल : पहिलो जितको खोजीमा अफगानिस्तान र दक्षिण अफ्रीका

जेठ ३२ ,अनलाईन खेलखबर ।। ईङ्गल्याण्ड र वेल्समा जारी १२ औँ सस्करणको आइसीसी एकदिवसीय विश्वकप अन्तर्गत आजको दोस्रो खेलमा अंकतालिकामा पुछारमा रहेका अफागानितान र दक्षिण अफ्रीका भिड्ने छन ।

नेपाली समय अनुसार बेलुका सवा ६ बजेपछि सोफिया ग्राडेनमा हुने खेलमा दुवै टिम विश्वकपमा पहिलो जितको खोजीमा हुनेछन ।

हाल सम्म दक्षिण अफ्रीकाले ४ खेल खेलिसकेको अबस्था छ । जसमा ३ खेलमा पराजित हुदाँ १ खेल भने वर्षाले प्रभावित गरेपछि खेल रद्द हुदा १ अंक प्राप्त गरेको थियो ।

दक्षिण अफ्रीका पहिलो खेलमा आयोजक ईङ्गल्याण्ड सँग १०४ रनको ठुलो अन्तरले पराजित हुन् पुगेको थियो । भने दोस्रो खेलमा बंगलादेश सँग २१ रन र तेस्रो खेलमा भारत सँग ६ विकेटले पराजित् हुन् पुगेको थियो । अघिल्लो खेल वेस्ट ईण्डिज सँग भने बर्षाले खेल रद्द भएपछी १/१ अंक बाडेका थिए ।

यता अफगानिस्तानको अबस्था पनि उस्तै रहेको छ । हाल सम्म ३ खेल खेलिसकेको अफगानिस्तानले निकै कमजोर साबित हुदै ३ नै खेल गुमाएको छ र अहिले अंकतालिकाको पुछारमा रहेको छ ।

अफगानिस्तान पहिलो खेलमा अष्टेलिया सँग ७ विकेटले पराजित् भएको थियो भने दोस्रोमा श्रीलका सँग ३४ रन र तेस्रो खेलमा न्युजील्याण्ड संग ७ विकेटले पराजित हुन् पुगेको थियो ।

यस अर्थमा आज दुवै टिम स्पष्ट जितको खोजीमा रहने छन । र सोहि रणनीतिका साथ् मैदान पनि उत्रिने छन । तुलनात्मक रुपमा हेर्दा अफगानिस्तान भन्दा दक्षिण अफ्रीका केही ससक्त देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्