onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पल्सर स्पोर्ट्स अवार्डको सह -प्रायोजनको रुपमा डीस होमको साथ यथावत

जेठ ३१ , अनलाईन खेलखबर ।। नेपाली खेलकुदकै सबैभन्दा प्रतिष्ठित अवार्डको रुपमा रहेको बजाज पल्सर स्पोर्ट्स अवार्डको सह – प्रायोजनको रुपमा यसपटक पनि डिस मिडिया नेटवर्कको साथ यथावत रहने भएको छ ।

यहि आउदो असार १७ गते काठमाडौंको कमलादिस्थित प्रज्ञा भवनमा हुन् गईरहेको १६ औं सस्करणको स्पोर्ट्स अवार्डका लागी डिस मिडिया नेटवर्कले आफ्नो सम्झौता नबिकरण गरेको छ ।

शुक्रबार एक कार्यक्रम बिच आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र डिस होमका एमडी सुदिप आचार्यले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार डीस होमले ७ लाख नगद र ४ लाख बराबरको डिस होमको सामग्री उपलब्ध गराउने भएको छ । यस्तै अवार्डका विजेतालाई डिस होमको सेटप बक्स र २ वर्षको रिचार्ज निःशुल्क प्रदान गर्नेछ भने अन्य मनोनयनमा परेकाहरुलाई डिस होमले सेटप बक्स र १ वर्षको रिचार्ज निःशुल्क उपलब्ध गराउने छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजमामा हुदैँ आईरहेको यस अवार्डमा यसपटक कुल १० विधामा अवार्ड प्रदान गरिदै छ । जसमा वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पारा एथलिट, स्पेशल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र टिम अफ द इयर र पिपल्स च्वाइस अवार्डसंगै इन्टरनेसनल एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड प्रदान गरिदै छ ।

इन्टरनेसनल एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड यसपटक थपिएको विधा हो । पिपल्स च्वाइस अवार्डका लागि मञ्चले मनोनयन सार्बजनिक गरिसकेको छ । जसमा क्रिकेटका सन्दीप लामिछाने,फुटबलकी सावित्रा भण्डारी, भलिबलकी रेश्मा भण्डारी, ब्याटमिन्टनका प्रिन्स दाहाल र शारीरीक सुगठनका महेश्वर महर्जन रहेका छन् ।

वर्ष खेलाडी पुरुष र महिला, पिपल्स च्वाइस र प्रशिक्षक गरी चार विधाका विजेताले बजाज पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । बाकी अन्य विधाका अवार्ड बिजेताले जनही ५० हजार रुपैयाँसहित विभिन्न आकर्षक गिफ्ट ह्याम्पर प्रदान गर्ने आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्