onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

वेस्ट ईण्डिजद्रारा ईङ्गल्याण्ड सामु सम्मानजनक लक्ष्य प्रस्तुत

जेठ ३१ , अनलाईन खेलखबर ।। आइसीसी एकदिवसीय विश्वकप अन्तर्गत अहिले आयोजक ईङ्गल्याण्डले वेस्ट ईण्डिजको सामना गरिरहेको छ ।

द रोज़ बाउल, साउथम्पटनमा जारी खेलमा ईङ्गल्याण्डले टस जितेर पहिले वेस्ट ईण्डिजलाई ब्याटिंङ्गको निम्तो दिएको थियो । जसअनुसार वेस्ट ईण्डिजले ४४.४ ओवर आफ्नो सबै विकेट गुमाएर २ सय १२ रन बनाएको छ ।

वेस्ट ईण्डिजलाई सम्मानजनक स्कोर तर्फ पुर्याउन निकोलस पूरनले सर्बाधिक ६३ रनंको योगदान गरे । सातौ विकेटका रुपमा आफ्नो विकेट जोफ्रा आर्चरको बलमा जोस बटलरको हातवाट गुमाएका उनले ७८ बलको सामना गर्दै ३ चौका र १ छक्काको मद्दतमा उक्त अर्धसतकिय योगदान गरे ।

त्यसअघि वेस्ट ईण्डिजले आफ्नो पहिलो विकेट ईनिङ्गको तेस्रो ओवरमै एविन लुईसलाई सस्तैमा गुमाएको थियो । क्रिस वोक्सको बलमा आउट हुन् पुगेका उनले मात्र २ रन बनाए ।

पहिलो ओपनर ब्याट्सम्यानलाई सस्तैमा गुमाएको भएपनि अर्का ओपनर क्रिस गेलले भने टिमको स्कोर उकास्न ३६ रनको योगदान गरे । जसले टिमलाई केहि राहत दियो । लियाम प्लंकेटको बलमा बेयरस्टोको हात बाट १२.६ ओवरमा क्याच आउट हुनु अघि उनले ४१ बलको सामना गर्दै ५ चौका र १ छक्काको मद्दतमा ३६ रनको पारी खेले ।

गेल पभेलियन फ़र्किएपछि टिमले लगत्तै १ रन थप्दा अर्का भरपर्दा ब्याट्सम्यान शै होपलाई ११ रनमा गुमाएपछी टिम दबाबमा आएको थियो । मार्क वुडले एलबिडब्लुको सिकार गराएका उनले मात्र ११ जोडे ।

यसपछि टिमले चौथो विकेटका लागी शिम्रोन हेटिमर, र निकोलस पूरन बिच ८९ रनको साझेदारी हुन् पुगेपछि पुन वेस्ट ईण्डिजले खेलमा राहत महसुश गरेको थियो । चौथो विकेटका रुपमा आउट हुन् पुगेका शिम्रोन हेटिमरले ४८ बलको सामना गर्दै ४ चौका समेत प्रहार गर्दै ३९ रन बनाए ।

त्यसपछी जोसन होल्डरले ९ रन , तथा एन्द्रे रसेलले २१ रन र कार्लोस ब्राथवेटले १४ रन बनाए ।

बलिङ्ग तर्फ ईङ्गल्याण्डका जोफ्रा आर्चर र मार्क वुडले समान ३/३ विकेट लिए । भने ,जो रूटले २ तथा लियाम प्लंकेट र क्रिस वोक्सले पनि १/१ विकेट हात पारेका थिए ।

अब वेस्ट ईण्डिजले प्रस्तुत गरेको २ सय १३ रनको बिजयी लक्ष्य पछ्याउदै इंङ्गल्याण्डले अबको केहि बेरपछि जवाफी ब्याटिंङ्ग गर्नेछ ।

विश्वकपको आयोजक समेत रहेको ईङ्गल्याण्डले विश्वकपको सुरुवात पनि शानदार गरेको थियो । पहिलो खेलमा नै ईङ्गल्याण्डले दक्षिण अफ्रिकालाई १०४ रनको ठुलो अन्तरले पराजित गरेको थियो । भने दोस्रो खेलमा भने ईङ्गल्याण्ड पाकिस्तान सँग १५ रनले पराजित भएको थियो ।

विश्वकपको दाबेदारको रुपमा रहेको ईङ्गल्याण्ड पाकिस्तान सँग पराजित भएपछी भने विश्व क्रिकेटमा ईङ्गल्याण्डको क्षमतामाथि प्रश्न उठाउन थालिएको थियो । तर ईङ्गल्याण्डले आफ्नो तेस्रो खेलमा राम्रो कमब्याक गर्दै बंगलादेश माथि १०६ रनले पराजित गरेको थियो ।

यता वेस्ट ईण्डिजले पहिलो खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गरेको थियो । भने दोस्रो खेलमा अष्टेलिया सँग १५ रनले पराजित हुन् पुगेको थियो । तेस्रो खेल भने वर्षाले प्रभावित गरेपछि दक्षिण अफ्रिका र वेस्ट ईण्डिजले १/१ अंक बाड्न बाध्य भएका थिए ।

प्रतिक्रिया दिनुहोस्