onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

प्रधानमन्त्री महिला टि – ट्वान्टीको खेल तालिका सार्बजनिक

जेठ ३० , अनलाईन खेलखबर || राष्टिय खेलकुद परिषद ( राखेप )को आयोजना तथा महाकाली स्पोर्ट्स सोसाइटीको ब्यबस्थापनमा आउदो असार ३ गते देखि ११ गते सम्म महेन्द्रनगर हुन् गईरहेको प्रधानमन्त्री महिला टि – २० राष्ट्रिय क्रीकेट प्रतियोगिता खेल तालिका सार्बजनिक गरिएको छ ।

प्रतियोगिता जेठको अन्तिमवाट सुरु गरिने भनिएको भएतापनि प्राबिधिक कारणले गर्दा केहि दिन पछि सार्दै प्रतियोगिता सुचारु गरिने तयारी भईरहेको छ । बुधवार सार्बजनिक गरिएको खेल तालिका अनुसार प्रतियोगिताको उद्गघाटन खेलमा सुदुरपश्चिमले गण्डकी प्रदेशको सामना गर्ने भएको छ ।

७ प्रदेश तथा १ विभागीय टिम एपीएफको सहभागिता रहने प्रतियोगितालाई दुई समुहमा बिभाजन गरिएको छ । जसमा समुह ‘ ए ‘ मा सुदुरपश्चिम, एपीएफ , प्रदेश ५ र गण्डकी प्रदेश रहेका छन । भने समुह ‘ बि ‘ मा प्रदेश १,२,३ ए कर्णाली प्रदेश रहेका छन ।

समुहका बिजेता र उप -बिजेता प्रतियोगिताको सेमिफाईनल प्रवेश गर्नेछन । असार १० गते हुने सेमिफ़ाईनल खेलमा समुह ‘ए ‘को बिजेताले समुह ‘बि ‘ को उप – बिजेता सँग प्रतिष्पर्दा गर्नेछ । भने समुह ‘बि ‘ को बिजेताले समुह ‘ए ‘ को उप बिजेता सँग प्रतिष्पर्दा गर्नेछ । प्रतियोगिताको फाईनल खेल असार ११ गते हुनेछ ।

प्रतियोगिताको विजेताले ५ लाख तथा उपविजेताले ३ लाख प्राप्त गर्नेछन । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले ३० हजार प्राप्त गर्नेछिन् । भने विधागत रुपमा उत्कृष्ट हुनेलाई जनही समान १५/१५ हजार नगद प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्