onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

विश्वकपमा सर्बाधिक सफल अष्टेलियाको उत्कृष्ट लय जारी : अष्टेलियाको तेस्रो जीत

जेठ ३० ,अनलाईन खेलखबर ।। विश्वकपको सर्बाधिक सफल टिम अष्टेलियाले ईङ्गल्याण्ड र वेल्समा जारी १२ औँ सस्करणको आईसीसी एकदिवसिय विश्वकपमा पाचँ पटकको विश्व बिजेताले पाकिस्तानलाई पनि पराजित गरेको छ ।

बुधवार राती सम्पन्न विश्वकपको १७ औँ खेलमा अष्टेलियाले पाकिस्तान माथि ४१ रनले जित हासिल गर्दै अहिले अंकतालिकामा ४ खेलबाट ३ खेलमा जित र १ खेलमा हार व्यहोर्दै ६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

अष्टेलियाले पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको थियो । भने दोस्रो खेलमा वेस्ट ईण्डिजलाई १५ रनले पराजित गरेको थियो भने तेस्रो खेलमा अष्टेलिया भारत सँग ३६ रनले पराजित हुन् पुगेको थियो । तर राम्रो कमब्याक गर्दै गएराती अष्टेलियाले पाकिस्तानलाई हराएपछि अष्टेलियाको लय पुन फर्किएको अनुभूति गरिएको हो ।

गएराती भएको खेलमा अष्टेलियाले प्रस्तुत गरेको ३ सय ८ रनको विजयी लक्ष्य पछ्याएको जवाफी ब्याटिंङ्ग गरेको पाकिस्तान ४५.४ ओवरमा अल आउट हुँदै २ सय ६६ रनमा समिटिएपछि खेल अष्टेलियाले पक्षमा पार्न सफल भयो ।

पाकिस्तानका लागि ओपनर ब्याट्सम्यान इमाम उल हकले सर्वाधिक ५३ रनको योगदान दिए । उनले ७५ बलको सामना गर्दै ७ चौकाको मद्दतमा उक्त रन बनाएका थिए ।

यस्तै पाकिस्तानका बाबर आजमले ३० तथा मोहम्मद हफिजले ४६ रन बनाएका थिए । भने कप्तान सर्फ़ राज अहमदले ४० रन र बाबर रियाजले ४५ रनको योगदान गरेपनि त्यो जितका लागि प्रयाप्त हुन् भने सकेन ।

बलिङ्ग तर्फ अष्ट्रेलियाका लागि प्याट कमिन्सले ३ विकेट लिए भने मिचेल स्टार्क र केन रिचड्सनको पनि समान २/२ लिए यस्तै नाथन कुल्टर नाईल र कप्तान आरोन फिन्चको नाममा पनि १/१ विकेट रह्यो ।

त्यसअघि टाउन्टनमा भएको खेलमा टस जितेर पाकिस्तानले अष्टेलियालाई पहिले ब्याटिंङ्ग गर्ने निम्तो दिएको थियो । जसअनुसार अष्ट्रेलियाले ४९ ओवरमा आफ्नो सबै विकेट गुमाएर ३ सय ७ रन बनाएको थियो ।

अष्ट्रेलियाका लागी ओपनर ब्याट्सम्यानले सुरुवाती राम्रो दिलाएका थिए । जसमा डेविट वार्नरको सतकीय पारी जोडियो । १११ बलको सामना गरेका उनले ११ चौका र १ छक्काको मद्दतमा १०७ रनको महत्वपुर्ण पारी खेलेका थिए । यस्तै अर्का ओपनर आरोन फिंचले पनि ८२ रनको योगदान गरे ।

तर राम्रो सुरुवात पाएको अष्टेलियाका मध्य र तल्लो क्रमका खेलाडीको फितलो प्रदशनको बाबुजित टिम ठुलो योगफल खडा गर्न बाट चुकेको थियो ।

बलिङ्ग तर्फ पाकिस्तानका मोहम्मद आमिरले सर्बाधिक ५ विकेट हात पारे । १० ओवर बलिङ्ग गरेका आमिरले २ मेडन सहित ३० रन खर्चेरउक्त विकेट लिएका थिए । त्यस्तै शाहिन शाह अफ्रिदीले २ विकेट हात पारे भने हसन अली, मोहम्मद हफिज र वहाब रियाजले पनि समान १/१ विकेट लिन सफल भए ।

अब अष्टेलियाले आफ्नो पाचौं खेल आउदो सनिवार श्रीलका बिरुद्द खेल्नेछ । भने पाकिस्तानले जुन १६ अर्थात आउदो आईतबार भारत सँग प्रतिष्पर्दा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्