onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

डेविट वार्नरको शानदार प्रदसनमा डिफेण्डिङ्ग च्याम्पियन अष्टेलियाको विश्वकपमा विजयी सुरुवात

जेठ १९ , अनलाईन खेलखबर ।। ओपनर ब्याट्सम्यान डेविट वार्नर तथा टिमका कप्तान समेत रहेका आरोन फिन्चले उत्कृष्ट प्रदशन गरेपछी डिफ़ेण्डिङ्ग च्याम्पियन अष्टेलियले जारी आईसीसी एकदिवसीय विश्वकपको पहिलो खेलमै क्रिकेटको उदयमान राष्ट अफगानिस्तानलाई ७ विकेटले पराजीत गर्दै शानदार सुरुवात गरेको छ ।

सनिवार राती भएको खेलमा अफगानिस्तानले दिएको २ सय १० रनको मध्यम लक्ष्य पछ्याउदै जवाफी ब्याटिंङ्ग गरेको अष्टेलियाले डेविट वार्नर र आरोन फिंचको उत्कृष्ट ब्याटिङ्गको मद्दतमा सो लक्ष्य ३४.५ ओवरमा मात्र ३ विकेटको क्षतिमा भेटायो ।

आरोन र डेविट बार्नर बिच पहिलो विकेटका लागी ९६ रनको साझेदारी हुन् पुगेको थियो । टिमलाई ठोस सूरुवात प्रदान गर्ने क्रममा उनिहरु बिच राम्रो तालमेल समेत मैदानमा देखिन्थो ।

१६.१ ओवरमा टिमको स्कोर ९६ हुदाँ राम्रो ब्याटिंङ्ग गरिरहेका आरोन फिन्च व्यक्तिगत ६६ रन बनाएर आउट हुन् पुगे । ४९ बलको सामना गरेका उनले ६ चौका र ४ छक्काको मद्दतमा सो रन बटुले । उनि मुजिव उर रहमानको बलमा बोल्ड आउट हुन् पुगेका थिए ।

यसपछी डेबिट वार्नर र उस्मान ख्वाजा बिच दोस्रो विकेटका लागी ६० रनको साझेदारी हुन् पुगेपछि अष्टेलिया सहज जित तर्फ अग्रसर भएको थियो । उस्मान ख्वाजा रासिद खानको बलमा एलबिडब्लुको सिकार बन्दै व्यक्तिगत १५ रन बनाउदै पभेलियन फर्किए ।

उस्मान ख्वाजा आउट भएपछी भरपर्दा ब्याट्सम्यान स्टीवन स्मिथ १८ रन बनाएर आउट हुन् पुगे ।

अन्त सम्म रहेका खेलका मुख्य नायक डेविट वार्नर अविजित रहदै ८९ रनको योगदान गरे । अविजित रहेका उनले ११४ बलको सामाना गर्दै ८ चौकाको मद्दतमा उक्त महत्वपूर्ण पारी खेल्दै टिमलाई विश्वकपको पहिलो खेलमै सहज जित दिलाए ।

यस्तै म्याक्सवेल ४ रनमा अविजित रहे । उनले ४ रन चौका मार्फत प्राप्त गरेका थिए ।

बलिङ्ग तर्फ अफगानिस्तान का लागी रासिद खान , मुजिव उर रहमान र गुलबदिन नाईबले समान १/१ विकेट लिए ।

त्यसअघि कन्ट्री ग्राउण्ड ब्रिस्टलमा भएको खेलमा टस जितेर अफगानिस्तानले सुरुमा ब्याटिंङ्ग गर्दै ३८.२ ओवरमा अलआउट हुदैं २ सय ७ रन बनाएको थियो ।

अफगानिस्तानका लागि नजीवुल्लाह जादरानले सर्बाधिक ५१ रनको योगदान गरे । ४९ बलको सामना गरेका उनले ७ चौका र २ छक्काको सहयोगमा उक्त अर्धसतकीय पारी खेलेका थिए । नजीवुल्लाहलाई मार्कस स्टोइनिसले ३३.५ ओवरमा विकेट कीपर एलेक्स केरिबाट क्याच आउट गराए ।

यस्तै टिमका लागी रहमत शाहले ४३ तथा कप्ता गुलबदीन नैइबले ३१ रन जोडे । भने रासिद खानले पनि २७ रनको योगदान गरेका थिए ।

बलिङ्ग तर्फ अष्ट्रेलियाका लागि एडम जम्पा र प्याटकमिन्सले समान ३/३ विकेट लिए साथै मार्कस स्टोइनिसले २ विकेट हात पार्दा मिचेल स्टार्कले १ विकेट लिए ।

अब विश्वकप अन्तर्गत आज एक खेल हुदैछ जहा दक्षिण अफ्रिकाले बंगलादेशको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउसो सवा ३ बजेपछि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्