onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

श्रीलंका माथी न्युजिल्याण्डको शानदार जीत : गुप्टिल र कोलिन मुनरोको उत्कृष्ट ब्याटिंङ्ग

जेठ १८ , अनलाईन खेलखबर ।। आइसीसी एकदिवसीय विश्वकप अन्तर्गत आज भएको पहिलो खेलमा न्युजिल्याण्डले श्रीलंका माथी १० विकेटले जित हासिल गर्दै प्रतियोगितामा शानदार सुरुवात गरेको छ ।

सनिवार भएको खेलमा श्रीलंकाले प्रस्तुत गरेको १ सय ३७ रनको विजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिंङ्ग गरेको न्युजील्याण्डका मार्टिन गुप्टिल र कोलिन मुनरोले उत्कृष्ट ओपनिङ्ग साझेदारी गरेपछि टिमले १६.१ ओवरमा श्रीलकाले प्रस्तुत गरेको झिनो लक्ष्य भेटायो ।

विश्वकपको पहिलो खेलमै जित निकाल्ने क्रममा मार्टिन गुप्टिलले ५१ बलको सामना गर्दै ८ चौका र २ छक्काको मद्दतमा ७३ रनको योगदान गरे भने कोलिन मुनरोले पनी ५८ रन बनाए । ४७ बलको सामना गरेका उनले ६ चौका र १ छक्का प्रहार गरे ।

त्यसअघि सोफिया ग्राडेनमा भएको खेलमा टस हारेर सुरुमा श्रीलंकाले ब्याटिङ्ग गर्दै २९.२ ओवरमा अलआउट हुदैँ मात्र १ सय ३६ रनमा सिमित भएको थियो ।

प्रतियोगिताको पहिलो खेलमै निकै खराब सुरुवात गर्ने क्रममा श्रीलंकाका ३ खेलाडी बाहेक अन्यले उलेख्य योगदान गर्न असफल हुदाँ अलआउट हुदैँ झिनो स्कोरमा सिमित हुन् पुग्यो ।

ईनिङ्गको पहिलो ओवरको दोस्रो बलमा लाहिरू थिरिमानेलाई ४ रनमा गुमाएको श्रीलंका ले आफ्नो दोस्रो विकेट टिमको स्कोर ८.१ ओवरमा ४६ रन हुदाँ कुशाल परेरालाई गुमाएको थियो । २४ बलको सामना गरेका परेराले ४ चौकाको मद्दतमा २९ रनको पारी खेलेका थिए ।

यसपछी पनि टिमले आफ्नो विकेट लगातार गुमाएपनी कप्तान लहिरु थिरिमने अविजित रहदै ५२ रनको योगदान गरेपछि टिमले यो स्कोर खडा गरेको हो । ८४ बलको सामना गरेका उनले ४ चौकाको मद्दतमा उक्त रन जोडेका थिए । यस्तै थिसारा परेराले पनि २७ रन जोडेका थिए ।

श्रीलंकाको ब्याटिंङ्ग ध्वस्त पार्ने क्रममा न्युजील्याण्डका मैट हेनरी र लॉकी फर्ग्यूसनले समान ३/३ विकेट लिए साथै ट्रेंट बाउल्ट कॉलिन डी ग्रैंडहोमे ,जेम्स नीशम र मिशेल सेंटनरले पनि १/१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्