onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट

युवा क्रिकेटर दिपेन्द्रलाई क्रिकेटीङ्ग नेपालको साथ

जेठ १७ , अनलाईन खेलखबर ।। नेपाली युवा क्रिकेटर दिपेन्द्र सिँह एरी क्रिकेटिङ्ग नेपाल डटकमको ब्राण्ड एम्बेसेडर नियुक्त भएका छन् ।

आज शुक्रबार एक कार्यक्रम गरी दिपेन्द्रलाई क्रिकेटिङ्ग नेपालले आफ्नो ब्राण्ड एम्बेसेडरको रुपमा नियुक्त गरेको छ । अब उनी क्रिकेटिङ्गनेपाल सँग आउदो डिसेम्बर महिना सम्म जोडिनेछन् ।

ब्राण्ड एम्बेसेडरको रुपमा नियुक्त भए सगैं उनले अब आफूले सहभागिता जनाउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुमा क्रिकेटिङ्ग नेपालको स्टिकर सहितको ब्याट प्रयोग गर्नेछन् ।

क्रिकेटिङ्ग नेपालको ब्राण्ड एम्बेसेडर भएपछी दीपेन्द्रले ब्राण्ड एम्बेसेडरको रुपमा नियुक्त गरेकोमा आफूलाई खुशी लागेको बताए । क्रिकेटिङ्ग नेपाल एउटा राम्रो ब्यवसायिक वेबसाइट हो । क्रिकेटिङ्ग नेपाल सँग जोडिन पाउदा मलाई खुशी लागेको छ, दिपेन्द्रले कार्यक्रमपश्चात उक्त धारणा ब्यक्त गरेका थिए ।

सन् २०१७ मा किर्तिपुरमा भएको आईसिसि वल्र्ड क्रिकेट लिग च्याम्पिनयशीप अन्तर्गत केन्याबिरुद्धको खेलबाट नेपाली राष्टिय टिममा डेब्यु गरेका दिपेन्द्रले यसपछि हालसम्म नेपाललाई टिममा रहदै निरन्तर रुपमा योगदान गर्दै आएका छन ।

दायाँ हाते मध्यक्रमका ब्याट्सम्यान दिपेन्द्रले पछिल्लो समय पनि निकै राम्रो गर्दै आएका छन । प्रतिभावान खेलाडीले खेल मार्फत सबैको मन अहिले जितिरहेको अबस्था छ । र उनी राम्रो लयमा पनी रहेका छन ।

सन् २०१३ मा काठमाडौंमा भएको एसिसि ट्वान्टी ट्वान्टी कपसँगै शुरुवात गरिएको क्रिकेटिङ्गनेपाल हाल आफ्नो सातौं बर्षमा चलिरहेको छ । पहिलो केही बर्ष अंग्रेजी भाषामा नेपाली क्रिकेटको बारे सम्पूर्ण जानकारी दिदै आएको क्रिकेटिङ्ग नेपालले हाल नेपाली भाषामा पनि छुट्टै वेबसाइट लिएर पाढक सामू निरन्तर आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *