onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट

उमेश पटवाल नेपाली क्रीकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त

जेठ १७ ,अनलाईन खेलखबर||भारतीय प्रशिक्षक उमेश पटवालले अब नेपाली राष्ट्रिय क्रीकेट टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी निर्बाह गर्ने भएका छ्न ।

यसअघि उनले नेपालको ब्याटिङ कन्सल्ट्यान्टका रुपमा जिम्मेवारी निर्बाह गरिसकेका छ्न ।

राष्ट्रिय खेलकुद परिषद ( राखेप ) को पहलमा उनलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपालको जिम्मेवारी दिएको छ ।

जानकारी प्राप्त भए सम्म उनले टिमलाई करिव १ बर्ष सम्म प्रशिक्षण गर्नेछ्न ।

पट्वाल यसअघि सन् २०१८ मा नेपालले जिम्बाबेमा भएको विश्वकप छनोट प्रतियोगिता खेल्दा नेपाली टिम सगँ पहिलो पटक जोडिएका थिए ।

उनी नेपालले एकदिवसिय मान्यता प्राप्त गरेपछी पछिल्लोपटक नेपालले यूएई भ्रमण गर्दा उनी टिममै रहेका थिए ।

एकदिवसिय र टि- ट्वान्टी सिरिज नेपालले आफ्नो पक्षमा पार्दा उनी ब्याटिंङ कन्सल्टेन्टका रुपमा टिममा रहेका थिए ।

उनले अफगानिस्तान टिमलाई पनि यसअघि टी-२० विश्वकपको समयमा प्रशिक्षकका रुपमा काम गरिसकेका छ्न ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *