onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

रङ्गशाला निर्माणको सहयोगार्थ समर्थक बिच मैत्रिपूर्ण क्रिकेट खेल हुदैँ

जेठ १५ ,अनलाईन खेलखबर ।। धुर्मुस सुन्तली फाउन्डेसनले चितवन जिल्ला स्थित रामपुरमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको सहयोगार्थ नेपाली क्रीकेट समर्थक समाजका सदस्य बिच मैत्रीपूर्ण क्रिकेट खेल हुने भएको छ ।

नेपालको चर्चित तथा आधिकारिक समर्थक समुह एनसीएसएसका चितवन र रुपन्देहीमा रहेका सदस्य बिच आउदो जेठ १८ गते सनिवारका दिन चितवन भरतपुर स्थित बिरेन्द्रनगर बहुमुखी क्याम्पसको खेल मैदानमा उक्त खेल हुने भनिएको छ ।

अहिले सो मैत्रीपूर्ण खेलका लागी समर्थकहरुले आफ्नो तयारी गरिरहेको अबस्था छ । टि – ट्वान्टी खेलमा अहिले दुवै जिल्लाले आफ्नो टोलीको टिम घोषणा गरीसकेका छन ।

जसअनुसार एनसीएसएस चितवन टिमको कप्तानमा बिकास पान्डे रहेका छन भने उप -कप्तानको रुपमा विशाल पौडेल रहेका छन भने नवीन ओलिया, केदार शर्मा , विशाल घिमिरे ,बिक्रम घिमिरे ,प्रकाश् रेग्मी ,उमङ लोहनी , मनिश लामिछाने ,सन्जय ओझा ,रबिन ओझा ,प्रवेश पौडेल ,बादल अधिकारी ,पारस घिमिरे र सबिन पुरी रहेका छन ।

यस्तै टिमको मुख्य प्रशिक्षकको रुपमा रेजिना बस्नेत रहेकी छिन भने टिम ब्यबस्थापकको रुपमा दिनेश नाईसा रहेका छन भने बलिङ प्रशिक्षकमा उत्तम शर्मा रहेका छन ।

उता मोहन ज्ञवालीको नेतृत्वमा रहेको एनसीएसएस रुपन्देहीको टिमको उप कप्तान नारायण अधिकारी रहेदा तारा प्रसाद पाठक ,महेश खनाल ,सागर भट्टराई ,सन्दिप राउत क्षेत्री,सिबराज गौतम ,सागर पङेनी ,प्रकाश घिमिरे,रमेश पान्डे , सुदिप घिमिरे शुभम भण्डारि र दिनेश पान्डे टिममा रहेका छन । टिम को प्रशिक्षक राजु राना तथा टिम ब्यकथापकमा माधब सर्मा रहेका छन ।

मैत्रीपूर्ण खेल समाप्ती पछि उक्त खेलबाट सङ्कलित रकम धुर्मुस सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गरिने दुबै जिल्ला समन्वय समितिले जनाएका छन । साथै मैत्रीपुर्ण खेल सम्पन्न लगत्तै रंगशाला निर्माणको लागि दुबै जिल्लाका सस्थाका सदस्यहरुले श्रम दान गर्ने कार्यक्रम समेत तय भएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्