onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

दिपेन्द्र र अमित चम्किदा पुलिसको लगातार दोस्रो जीत

जेठ १५ , अनलाईन खेलखबर ।। काठमाण्डौमा जारी तेस्रो सस्करणको प्रधानमन्त्री कप राष्ट्रिय क्रीकेट प्रतियोगिता अन्तर्गत मूलपानीमा भएको खेलमा नेपाल पुलिसले प्रदेश नम्बर १ लाई ७५ रनले पराजित गरेको छ ।

फाईल फोटो

बुधवार भएको खेलमा नेपाल पुलिसले प्रस्तुत गरेको १ सय ८४ रनको विजयी चुनौती पछ्याउदै जवाफी ब्याटिंङ्ग गरेको प्रदेश १ ३८.३ ओवरमा आफ्नो सबै विकेट गुमाएर १ सय १० रनमा सिमित हुन् पुगेपछि नतिजा नेपाल पुलिसले आफ्नो पक्षमा पार्न सफल भयो ।

प्रदेश १ का लागी सनी पुनले सर्बाधिक २७ बलको पारी खेले । ५९ बलको सामना गरेका उनले ४ चौका समेत प्रहार गरे । यस्तै टिमका मिनाष थापाले १९ रन , दिपेश कडेलले १५ रन र फिर्दोश अन्सारीले १२ रनको योगदान गरे । यस्तै कप्तान पुष्प थापाले १० रन जोडे ।

बलिङ्गमा नेपाल पुलिसका दिपेन्द्र सिह एरिले कसिलो बलिङ्ग गर्ने क्रममा १० ओवर बलिङ्ग गर्दै ४ ओवर मेडन राखेर मात्र २६ रन खर्चिएर ५ विकेट लिन सफल भए । साथै ललित राजबम्शिले ३ विकेट हात पार्दा आरिफ शेख र सागर ढकालले पनि १/१ विकेट लिएका थिए ।

त्यसअघि मूलपानि क्रिकेट मैदानमा सुरुमा टस जितेर नेपाल पुलिसले ४३.१ ओवरमा अलआउट हुदै १ सय ८५ रनको योगफल खडा गरेको थियो ।

पुलिसलाई यो योगफल सम्म पुर्याउन अमित श्रेष्ठले सतकीय पारी खेले । ११८ बलको सामना गर्दै १५ चौका र १ छक्काको मद्दतमा १०६ रनको पारी खेल्दै अमितले टिमलाई त्यो स्कोर तर्फ पुर्याउन महत्वपुर्ण भूमिका निर्बाह गरे ।

यी बाहेक अन्य खेलाडीको प्रदशन भने त्यस्तो सन्तोषजनक भने रहेन । जसमा कुशल भुर्तेलले २४ रन , मंजित् श्रेष्ठले ११ रन , राम नरेश गिरीले ११ रन र ओपनर ब्याट्सम्यान पवन सरार्फले १० रन बनाएर आउट भएका थिए ।

पुलिसलाई मध्यम स्कोरमा रोक्न प्रदेश १ का फिर्दोश अन्सारी , सिद्धान्त लोहनी, दिपेश कँडेल, पुष्प थापा र कमल खत्रीले समान २ /२ विकेट हात पारे ।

यो जित संगै पुलिसले पनी सेमिफाइनल प्रबेशका लागी बलियो स्थिति बनाएको छ । लगातार २ खेलमा जित निकालेको पुलिस अहिले समुह ” बि ” मा दोस्रो स्थानमा रहेको छ । भने प्रदेश १ भने लगातर दुई खेलमा पराजित हुन् पुगेको छ । यो समुह बाट नेपाल पुलिस र आर्मी सेमिफाईनल पुग्ने सम्भावना उच्च रहेको छ ।

समुहको लिग चरणमा उत्कृष्ट दुई टिम प्रतियोगिताको सेमिफाइनल पुग्नेछ । सेमिफाइनल खेलहरु जेठ २२ र २३ गते हुनेछ भने प्रतियोगिताको फाईनल खेल जेठ २५ गते हुनेछ ।

प्रतियोगिताको बिजेताले २० लाख प्राप्त गर्नेछ भने उपबिजेताले १० लाख प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछ्न ।भने उत्कृष्ट ब्याट्सम्यानले ५० हजार र उत्कृष्ट बलरले पनि समान ५० हजार प्राप्त गर्नेछन ।

प्रतिक्रिया दिनुहोस्