onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

प्रशिक्षकहरु संगठित : जगत टमटाको अध्यक्षतामा नेपाल क्रिकेट प्रशिक्षक संघ गठन

जेठ १४ ,अनलाईन खेलखबर ।। नेपाली क्रिकेटमा रहेका क्रिकेट प्रशिक्षक हरुबाट नेपाल क्रिकेट प्रशिक्षक संघ (सि-क्यान) गठन भएको छ ।

जसको नेतृत्व हालका राष्टिय क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत ट्मटाले गर्ने छन । ११ सदस्यीय उक्त संघमा हाल यसलाई नेपाल क्रिकेट प्रशिक्षक संघ को तदर्थ समितीको रुपमा लिईएको छ ।

जसले कम्तिमा ६ महिना भित्र प्रशिक्षक संघको बिधान बनाउदै सोहि अनुरुप क्रमश आफुलाई प्रस्तुत गर्नेछ ।

संघमा टमटा सहित उपाध्यक्षमा राजु बस्नेत रहेका छन । भने सचिबको जिम्बेबारी वसन्त साहीले निर्बाह गर्नेछन । यस्तै सघको कोषाध्यक्ष कैलास बिष्ट रहेका छन ।

र संघको , सदस्यहरुमा मनोज कटुवाल, श्यामसन जङ्ग थापा, शेर बहादुर लामा, निरा राजोपाध्याय, प्रकाश शर्मा, रिजन प्रजु र ज्ञानेन्द्र छेत्री
रहेका छन ।

त्यसै अरुण कुमार अर्याल र सुनोज भट्टराई संघका सल्लाहकारको रुपमा रहदा नारायण राज अर्यालले कानुनी सल्लाहकारको रुपमा सहयोग गर्नेछन

प्रतिक्रिया दिनुहोस्